प्रदेश सभामा मन्त्रीले दिएको अभिव्यक्ती रेकर्ड हटाउन र उक्त शब्द फिर्ता लिन काँग्रेसको माग

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशसभा रोष्टमबाटै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी नेपाली कांग्रेसले माग गरेको छ।

मन्त्रीले सोमबार रोष्टमबाटै आफू बोलिरहेका बेला नाराबाजी गर्नेहरू कांग्रेस सांसदहरूलाई घिसारेर निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए। मन्त्रीको उक्त अभिव्यक्ति संसदको मर्यादाविपरीत भएको कांग्रेसको भनाइ छ।

कांग्रेस सचेतक निर्मला क्षेत्रीले विज्ञप्ति निकालेर मन्त्री केसीले बोलेका शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरेकी हुन्। ‘मन्त्रीले बोलेको शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन र उक्त शब्द फिर्ता लिन रूलिङ गर्न सभामुखमार्फत् अनुरोध गर्दछौं,’ कांग्रेसले भनेको छ, ‘अन्यथा संसदको आगामी कार्यक्रमहरू अवरूद्ध गराइरहने जनकारी गराउँदछौं।’

विज्ञप्ति ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार