काठमाडौं
कोरोना संक्रमित देशहरुमा फसेका नेपालीहरुलाई आफ्नो देश ल्याउने क्रममा नेपाल वायु सेवा निगममा ३ पाईलट र ११ क्रु मेम्बरहरुमा कोरोना संक्रमण भएको छ । जुन जानकारी वायुसेवाले पुष्टि गरेका छन् ।
संक्रमित पाईलट र कर्मचारीहरुलाई होटलको क्वारेन्टिनमा राखिएको वायुसेवा श्रोत बताउँछन् । सरकारले कुवेत, साउदी, दुवई, मलेसिया, अमेरिका लगायतका देशहरुबाट नेपालीहरुलाई स्वदेश फर्काइएका थिए । बिदेशबाट फर्किएका ९५% नेपालीहरुमा कोरोना संक्रमण देखिने गरेको समेत बताईरहेको बेला वायुसेवामा खटिने कर्मचारीहरुमा देखिएको संक्रमणले थप त्रास उत्पन्न गराएको छ ।