मेलम्चीमा बेपत्ता सवारी चालक र ईन्जिनियर अझै भेटेनन् , सुरुङ परिक्षण स्थगित

प्रहरी र स्थानीयले बेपत्ताको खोजिकार्य जारी राखेका छन् ।

  सरु लामा तामाङ

सिन्धुपाल्चोक, हेलम्बु
हिजो दिउँसो करिब १२ बजेतिर मेलम्ची खानेपानी सुरुङको १७ नं. गेटको प्रेसर चेक गर्न गएका एक ईन्जिनियर र सवारी चालक अझै बेपत्ता छन् । घटना लगत्तै नेपाल प्रहरी र स्थानीयहरुले तिब्र खोजिकार्य गरिरहेको भएपनी अझै फेला पार्न नसकिएको खबर प्राप्त भएको छ । अडिट च्यालन मुख्य सुरुङमा जाने सहायक सुरुङमा पानीको प्रेसरले एकैपटक ढोका फोडेपछि सो सुरुङको जाँच गर्न गाडीमा गएका चार जनामध्ये दुई जना घाइते भएको थियो । घाइतेको काठमाडौँको ग्र्याण्डी अस्पतालमा उपचार भइरहेको र उहाँहरूको अवस्था सामान्य रहेको मेलम्ची खानेपानी आयोजनाका सञ्चारविज्ञ निमेश रेग्मीले बताउनुभएको छ ।

हराइरहेकामा मेलम्ची आयोजनाका चालक काठमाडौँ भैँसेपाटीका अन्दाजी ५५ वर्षका राधाकृष्ण मगर र सिनो हाइड्रोका इञ्जिनियर जनकपुरका अन्दाजी २५ वर्षका सतिषकुमार गोइत रहनुभएको छ । त्यस्तै घाइते हुनुभएकामा सिनो हाइड्रोका साइट इञ्जिनियर शेखर खनाल र साइट इन्चार्ज पेम्बा दोर्जे लामा रहनुभएको छ । पानीले एकै पटक गेट भत्काएपछि गाडी अडिट टनेलबाट उच्छिटिएर मेलम्ची नदीमा पुगेको र गाडीलाई नदीबाट निकालिए पनि हराइरहेकालाई फेला पार्न नसकिएको समाचार आजको गोरापत्रले प्रकाशन गरेको छ ।

ड्यामको गेट फुटेपछि आएकाे बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएकाे थियो । मेलम्ची खानेपानी आयाेजनाले एक साता पहिलेदेखि सुरुङको परिक्षण गरिरहेकाे थियो जुन हिजोको घटना पश्चात् स्थगित गरिएको जन्मभूमि पोष्टलाई समचार प्राप्त भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार