नेता बस्नेतको प्रतिबद्धता; पाँच वर्षभित्र फ्री ब्याचलर, ४ पक्की पुल, १५ सडक, युवा स्वरोजगार

३२ वर्ष फ्री कोचिङ चलाएका नेता बस्नेतले ब्याचलर सम्म फ्री पढाउने अभियान चलाउने ।"

  प्रीतम कुमार तामाङ

काठमाडौं
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फ गठबन्धनबाट नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पुर्व मन्त्री मोहनबहादुर बस्नेतले उम्मेदवारी दिनुभएको छ । मंगलबार बस्नेतले आफ्नै निवासमा जिल्लाका प्रेस युनियनकर्मीहरु संग भेटघाट छलफल गर्नुभएको छ । उक्त भेटघाटमा उनले नजिकिँदै गरेको चुनावमा आफुले जनता माझ लिएर जाने लोकप्रिय एवं जनप्रीय कार्यक्रमहरु माथी  सल्लाह, सुझाव संकलन समेत गर्नुभयो ।

बाढीले क्षतिग्रस्त स्थल अवलोकन गर्न जाने क्रममा

शिक्षामा उनको प्रतिबद्धता;
यसै सिलसिलामा उनले बिकासको मुल आधार नै शिक्षा रहेको जनाए । नेता बस्नेतले चुनावी प्रतिबद्धता अनुसार आफुले जितेमा शिक्षा तर्फ सिन्धुपाल्चोक जिल्लामा ब्याचलर सम्म नि:शुल्क पढाउने अभियान सफल पार्ने जनाउनुभयो । उनले भनें,”मैले ३२ वर्ष जिल्लामा नि:शुल्क कोचिङ कक्षा सञ्चालन गरेको छु, म संग त्यो बेला एसएलसी सम्म पनि राम्रो संग पढ्न नपाउने जिल्लाबासीहरु धेरैलाई फ्री कोचिङको अभियान चलाएको अनुभव ताजै छ । त्यस्तै हाल २०७९ को स्थानीय चुनावमा काँग्रेसले जितेका गाउँपालिकाहरुमा मेरै निर्देशनमा +२ सम्मको पढाई नि:शुल्क पढाउन सुरु भैसकेको छ ।”

कोभिडका कारण निधन भएका बाह्रबिसे नगर राम्चेका सुत्केरी महिलाका शिशुलाई पौष्टिक आहारका लागि नगद राहत दिँदै

स्वास्थ्य तर्फ;
विगतमा उनी स्वास्थ्य राज्यमन्त्री भएको बेला  उनकै पहलमा मेलम्ची अस्पताल बनेको जानकारी दिनुभयो । “चौतारा अस्पताल र बाह्रबिसे अस्पतालमा समेत ३ जना डाक्टरको दरबन्दी बढाउन मैले नै पहल थालेको हुँ” नेता बस्नेतले भन्नुभयो । त्यस्तै उहाँले कोभिड संकटका बेला लाखौं थान मास्क, सेनिटाइजर, अक्सिजन सिलिन्डर, सिटामोल, जिल्लाभरका स्वास्थ्य संस्थामा पिपिई सेट लगायत बाँड्नुभएको थियो ।

डाक्टरलाई पिपिई सेट दिनुहुँदै

१५ सडक ४ पुल;
उनले ५ वर्ष भित्र क्षेत्र नं. २ का जनघनत्व बढी रहेको विभिन्न गाउँको पहिचान गरि प्राथमिकताका साथ १५ सडक पक्की बनाउने जनाए । उनका अनुसार नाङ्लेभारे-बाहुनेपाटी सडक छिटोभन्दा छिटो निर्माण सम्पन्न गराउने, मेलम्ची – बाँसखर्का, चौतारा – नवलपुर – हेलम्बु – हेलम्बु, मेलम्ची-इन्द्रावती, मेलम्ची-भोथाङ, मेलम्ची- हेलम्बु – सेर्माथान, मेलम्ची – गुफाडाँडा – ओख्रेनी जस्ता विभिन्न मुख्य सडक खण्डहरु सफल पारेरै छाड्ने बताउनुभयो । हेलम्बु मेलम्ची भीषण बाढीले बगाएका रातो पुल समेत आफ्नै विशेष पहलमा निर्माण भएको स्मरण गराउँदै बस्नेतले आफुले जितेको २ वर्ष भित्र ४ वटा पक्की पुल निर्माण गरिसकाउने घोषणा नै गर्नुभएको छ ।

हेलम्बु बाढी पीडितलाई आवास निर्माण पश्चात् चावी हस्तान्तरण गर्दै

युवा स्वरोजगार, महिला उद्यमसिलता;
“म संग रोजगारी कसरी सृजना गर्ने भन्ने स्पष्ट भिजन छ । क्षेत्र नं. २ मा कसैले नसोचेको बजेट ल्याउने र बिकासको काम हुने भएकोले हरेक खालका जनशक्तिले रोजगारी पाउने वातावरण म बनाउँछु । त्यस्तै, बिदेशबाट ज्ञान हाँसिल गरेर स्वदेश फर्केका युवाहरु संग सहकार्य गरेर गाउँमै व्यवसाय गर्ने उत्कृष्ट योजनाहरु म संग छ । महिलाहरुलाई सशक्त रुपमा अघि बढाउँदै हरेक टोलटोलबाट, वडावडाबाट महिला उद्यमि उत्पादन गर्ने योजनाहरु ल्याउने छु ।” उनले छलफलका क्रममा भन्नुभयो ।

अक्सिजन सिलिन्डर, मास्क वितरण

खानेपानी, सिँचाइ तथा कृषि;
हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले खानेपानीमा ठूलो क्षति पुर्याएकोले सबैभन्दा प्राथमिकताका साथ यसलाई अघि बढाउने उनको भनाइ छ । “सिँचाइ तर्फ इन्द्रावती खोलाको पानी इन्द्रावती कै सुख्खा क्षेत्रहरु र चौतारा साँगाचोकगढिका थुप्रै ठाउँहरुमा लिफ्टिङ गरेर लाने गुरु योजना मेरो वर्षौं देखिको सपना नै हो । यसमा यहाँहरु सबैले साथ दिए अवस्य पूरा गराउनेछु ।” बस्नेतले भन्नुभयो । विशेष गरि क्षेत्र नं. २ खाद्यान्नको भण्डारको रुपमा परिचित रहेकोले र पहाडी तथा हिमाली भेगमा अझै धेरै जग्गा बाँझो रहेकोले सबै जग्गाहरुमा हिमाली आलुको ब्राण्ड स्पोट बनाउन सकिने उनको धारणा छ ।

उनले सञ्चालन गरेका सामाजिक कार्यहरुको तस्वीरहरु

फ्री वाइफाई;
विगतमा उनले सूचना तथा संचार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनैको कार्यकालमा सगरमाथा क्षेत्र, अन्नपूर्ण आधारशिविर, स्वायम्भुनाथ, पशुपतिनाथ क्षेत्र लगायत स्थानहरुमा फ्री वाइफाई सञ्चालनमा ल्याएको अनुभव आफू संग रहेको बताए । त्यसैले पनि सिन्धुपाल्चोक जिल्लालाई फ्री वाइफाई जोनको रुपमा चिनाउन बजेट कहाँबाट कसरी ल्याउने उनलाई सबै थाहा रहेको जानकारी दिनुभयो ।

आफू चड्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न तयारी गरेको बेला

साथै, उनले आफुलाई प्रतिनिधि सभा क्षेत्र नं. १ मा चुनाव जित्न सजिलो हुँदाहुँदै पनि क्षेत्र नं. २ मा शिर्ष नेताहरुले पठाएकोमा कुनै पछुतो नभै अझ जोशिलो महशुस गरिरहेको जनाउनुभयो । “हाल सम्म यस क्षेत्रमा काँग्रेसले जित निकाल्न सकेको छैन, मैले पहिलो जित निकाल्न सक्ने आधार भएकै कारण मलाई गठबन्धनले यहाँ पठाईएको हो ।” उनले थपे, “मेरै पहलमा हेलम्बु बाढी पीडितहरुलाई ३० घर निर्माण गरि हस्तान्तरण भैसकेको छ । हेलम्बु मेलम्ची बाढी पीडितहरुको वास्तविक पीडा र समस्या नजिकबाट बुझेको छु र सकेको सहयोग गरेको छु । यस क्षेत्रका मतदाताहरु धेरैले फोनबाट, म्यासेजबाट अनि प्रत्यक्ष भेटेर खुलेर साथ दिने वचनबद्धताले थप हौसला दिएको छ । विपक्षीले भन्दा कयौं गुणा मैले गरेको समाजिक कामहरुले गर्दा पनि मलाई चुनाव जित्न कुनै गाह्रो छैन ।”

पीडितहरुलाई खाद्यान्न वितरण गर्दै

नेता बस्नेत जिल्लामा कोभिड जस्तो विश्व त्रसित समय, बाढीपहिरो जस्ता विपत्तिहरुमा “जनता रहे राजनीति गरौंला” भन्ने अभियान चलाएर जनता माझ निकै लोकप्रिय हुनुहुन्छ । हरेक मानिस आफ्नो ज्यान जोगाउन लुकेर, डराएर बसिरहेको बेला उनी भनें आफ्नो ज्यानको प्रबाह नगरी जनता बचाऔं भन्दै अक्सिजन सिलिन्डर, मास्क, पिपिई सेट, आइसोलेसन बेडहरु जिल्लाभर बाँड्दै सबैको आत्माबल बढाउँदै हिँडेका थिए । यति मात्र हैन, कोभिडका बेला बिरामीको उपचार गर्न हौसला स्वरुप जिल्लाभरका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य बिमा समेत उनैको पहलमा गरिदिएका थिए । त्यसकारण पनि उनि निकै लोकप्रिय अनि जनप्रीय मानिन्छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार