ट्राउट फार्म अवलोकनमा मन्त्री लामा

ललितपुर
ललितपुरको फुलचोकी जागरण रेन्बो ट्राउट फार्म अवलोकन गर्न बागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामा आफैं  उक्त स्थलमा पुग्नु भएको छ। लामाले कोन्ज्योसोम गाउँपालिका ५ भारदेउ ललितपुरमा रहेको फुलचोकी जागरण रेन्बो ट्राउट फार्म अवलोकन गरेको हो।

फार्मको स्थलगत अबलोकन गर्दै लामाले ‘युवा जनशक्तिलाई कृषि क्षेत्रमा लाग्ने उपयुक्त समय आएको बताए ।’ मन्त्री लामाले कृषिको व्यवसायीकरण, आधुनिकिकरण तथा औधोगिकीकरण गर्दै कुषिजन्य बस्तुमा आत्मनिर्भर बनाउँदै समाजको अग्रगामी रुपान्तरणको दिशामा अघि बढ्नु आजको टङकारो आवश्यकता रहेको उल्लेख गरे ।

साथै मन्त्री लामाले कोन्ज्योसोम गाउँपालिका पहिले देखिनै सुनेको तर नदेखिएको उल्लेख गर्दै चर्चामा रहेको समेत उल्लेख गरे । माननीय लाल कुमारी पुन (शुशिला) ले सधै कोन्ज्योसोम गाउँपालिकामा के गर्न सकिन्छ भनि उल्लेख गरेको स्मरण गर्दै माननीय पुनको आत्मामा नै कोन्ज्योसम गाउँपालिका झुण्डिएको बताए ।
मन्त्री लामाले अहिले सम्म ट्राउट फार्म नदेखिएको उल्लेख गर्दै युवाहरुद्धारा सञ्चालित ट्राउट फार्म अवलोकन गर्न पाएकोमा बहुत खुशी लागेको बताए ।
हेम मोक्तान र कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सुविन्द्र तामाङले स्थानीयको जग्गा भाडामा लिएर पाँच वर्ष देखि फुलचोकी जागरण रेन्बो ट्राउट फार्म शुरु गरेका हुन् । आवश्यक ट्राउट माछाको भुरा रसुवा र नुवाकोटबाट किनेर ल्याउनु परेको उल्लेख गर्दै यस वर्षदेखि आफ्नै ह्याचारीबाट आवश्यक भुरा उत्पादन गर्दै व्यवस्थित तरिकाले ट्राउट माछा उत्पादन गर्ने सञ्चालक हेम मोक्तानले बताए ।

रेन्बो ट्राउट फार्म अवलोकनमा मन्त्री लामा लगायत प्रदेश सांसद माननीय लालकुमारी पुन ‘शुसिला’, कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तान, भेट्नरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. नारायण श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरत पराजुली, कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सुविन्द्र तामाङ लगायतकाको सहभागी थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार