ईलाका प्रहरी मेलम्चीका ईन्चार्ज तामाङलाई भदौ महिनाको सिन्धुपाल्चोक उत्कृष्ट प्रहरीको सम्मान

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, मेलम्ची
ईलाका प्रहरी कार्यालय मेलम्चीका ईन्चार्ज प्रहरी निरीक्षक फल बहादुर तामाङलाई सिन्धुपाल्चोक प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको छ। उहाँलाई जिल्ला प्रहरी कार्यालय चौताराले एक कार्यक्रमका बिच नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो। भदौ महिना भित्र सिन्धुपाल्चोकका विभिन्न चौकीहरुमा कार्यरत सम्पुर्ण प्रहरीहरुले गरेको कामकारबाहीको मुल्यांकनको आधारमा उहाँ १ नं. मा पर्न सफल भएका हुन्।

तामाङले मेलम्चीको ईलाका प्रहरी सम्हाल्दै गर्दा २०४४ सालमा चोरी मुद्धामा १ महिना १५ दिन कैद सजाय र रु ६० हजार ८ सय ८७ जरिवाना तोकिएका फरार प्रतिवादि पक्राउ, २०६९ सालमा जबरजस्ति करणि मुद्धामा कैद सजाए तोकिएका फरार प्रतिवादी पक्राउ, विभिन्न चोरी मुद्धामा संलग्न हरुलाइ छिट्टै कानुनी दायरामा ल्याउन सफल भएको लगायत अन्य महत्वपुर्ण कार्यगरि प्रहरी संगठन र समाजमा अतुलनिय योगदान गरेको भन्दै थप हौषला मिलोस् भनि आज जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख राजन अधिकारीले तामाङलाइ नगद सहित प्रमाणपत्रले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक द्वारा प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ। तामाङ २०७६ पुष २ गतेबाट इलाका प्रहरी कार्यालय मेलम्चीको कार्यालय प्रमुखको रुपमा काम गर्दै आउनुभएको हो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार