पहिरो पिडित घुम्थाङबासीलाई खाद्यान्न सहयोग

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बाह्रबिसे ७ घुम्थाङ पहिरो पीडितहरुलाई खाद्यान्न सहयोग गरेको छ। भीषण पहिरोमा परि पिडित र विस्थापित भएका ८० घर परिवारलाई सिन्धु इसाई केन्द्रको समन्वयमा समारिटन पर्स यूएसएको विशेष सहयोगार्थमा नेपाल ख्रीष्टिय राहत सेवा, नेपाल ख्रीष्टियन समाज, नेपाल बप्तिष मण्डली परिषद्, एन.सि.पि.एम. को समेत सहयोगमा राहत सहयोग वितरण गरिएको हो।

दाल, चामल, नुन, ईनर्जेन्सी लाईट लगायत सामाग्री राहत स्वरुप वितरण गरिएका छन्। विस्थापित गाउँ भिरखर्कका ५०, नागपुचेका ८ र भिरथाप्लोका २२ घरपरिवारलाई बाह्रविसे नगरपालिका उपमेयर सुशिला पाख्रीन, सहयोगी संस्थाका प्रतिनिधि सहितको उपस्थितिमा सहयोग वितरण गर्नुभयो ।  सहयोग पाएपछि बाह्रविसे भिरखर्कका विस्थापति अमृत प्रधानले थप सहयोगका लागि आग्रह गर्नुभएको छ ।

सहयोगी संस्था नेपाल ख्रीष्टिय राहत सेवाले विपद्मा आशा र पुर्नस्थापना भन्ने मुख्य लक्ष्यका साथ बाढीपहिरोबाट प्रभावितहरुको जीवनमा थोरै भएपनि आशा र खुशी ल्याउने संकल्पले राहत वितरण गरिएको बताउनुभयो ।

संस्थाले पछिल्लो समय बाढीपहिरोबाट विस्थापित धेरै जिल्लाहरुमा राहत सहायता पु-याउने काम गर्नुका साथै कोभिड १९ ले गर्दा निकै समस्यामा परेका अति अशक्त, असहाय, विपन्न परिवार, आर्थिक अवस्था नाजुक भएका दैनिक ज्यालादारी तथा निर्माण मजदुरहरु निरन्तर सूचना प्रवाह गर्नुहुने पत्रकार लगायतका धेरै व्यक्ति तथा परिवारहरुलाई सहायता पु-याएको जानकारी दिनुभयो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार