जर्सिङपौवाको जंगलमा मध्यरातमा आक्रमण गरि लुटपाट गर्ने ३ पक्राउ

काठमाडौं
मध्य रातमा लप्सेफेदी देखि जर्सिङपौवा जाने बिचको जंगलको सडक खण्डमा बाटो छेकी आक्रमण गरि लुतपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेका छन्। भदौ २३ गते मंगलबार मध्य रातको ०२:०० बजेको समयमा काठमाण्डौं जिल्ला शंखरापुर नगरपालिका ३ लप्सेफेदी स्थित जंगलमा सिन्धुपाल्चोक बाट काठमाण्डौं तर्फ कुखुराको गाडी संगै मोटरसाइकल मा आउँदै गरेको अवस्थामा वर्ष ४५ को ज्ञानेन्द्र प्रसाद खतिवडा लाई सोहि स्थानमा ४/५ जनाको समुहले बाटो छेकि निजलाई कुटपीट गर्नुका साथै निजको साथमा रहेको रु.२५०००।– (पच्चिस हजार ) लुटी फरार भएको पिडितले प्रहरीलाई बताएका थिए।

सो खबर प्राप्त हुन साथ साँखु प्रहरी प्रभागबाट तत्कालै प्रहरी परिचालन गरिएको मा पिडित ले घटनामा संलग्न  लाई नचिनेको बताएका थिए। पिडितले प्रहरीलाई हुलिया बिहान प्रहरी कार्यालय पिडितलाई बोलाई विवरण टिपाएका थिए। सोही हुलियाको आधारमा तत्कालै प्रहरी परिचालन गरिएकोमा निजहरूलाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्नहरु बिगतमा समेत त्यस्ता उछृङ्खल गतिबिधिमा संलग्न समेत भएको पाइएकोमा मध्यरातमा बाटो छेकेर बाटोमा हिडेका ब्यक्तिलाइ आक्रमण गरि घाइते बनाएर रकम समेत लुटपाट गरेको देखिँएकोले थप अनुशन्धान एवंम कारबाहीको लागि तालुक महानगरिय प्रहरी बृत्त बौद्ध पठाइएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार