समाचार खण्डन गरिएको

  जन्मभूमि संवाददाता

हाम्रो जन्म भूमि पाेष्ट न्युज पाेर्टलले गत भाद्र ८ गते जुगल गाउँ पालिकामा लिदी पहिरो पीडितका नाममा आएकाे राहत रकम सम्बन्धि समाचारमा गाउँ पालिकाकाे उपाध्यक्ष सिर्जना तामाङकाे नाम जाेडेर लेखिएको र उक्त समाचारमा अन्य (न्युज पोर्टल) समाचार स्राेतकाे गलत सुचनाका कारण भ्रमपुर्ण समाचार सम्प्रेषण भएको प्रति हामी जन्म भूमि मिडिया प्रालि दुखित बनेका छाैं ।  हाम्रो उद्देश्य पालिकाकाे उपाध्यक्षकाे चरित्र हत्या गर्ने हुँदै हाेईन । हामी समाचार सत्य तथ्यमा आधारित हुनुपर्छ भन्नेमा सचेत छाैं । सुचना स्राेतकाे त्रुटिका कारण सम्प्रेषित गलत समाचारलाई हामी सच्याउँदै यसबाट उपाध्यक्षकाे व्यक्तिगत र राजनीतिक जीवनमा पर्न गएको चाेटप्रति दुख व्यक्त गर्दछौं।

दु ख काे यस घडीमा पीडितलाई थप पीडा हुने कार्य कही कतैबाट नहाेस् र गलत तथ्यांक सहितको समचार पनि सम्प्रेषण नहोस् भन्ने मात्रै हाम्रो चासाे र चिन्ता  हाे । समाचार सम्प्रेषण पश्चात् यस सम्बन्धि प्राप्त कृया प्रतिकृया तथा स्वयं उपाध्यक्षकाे भनाइलाई हेर्दा र गलत सुचना सहितको समाचार लेखेका मिडियाले पनि खण्डन गरिसकेकोले उक्त समाचार नियतवश नभै दुखको घडिमा हुन पुगेको त्रुटि मात्र रहेको निष्कर्षमा हामी पुगेका छाैं । हामी सही सत्य सुचना र समाचार पाठक सामु पुर्याउन  जिम्मेवार पत्रकारिताकाे पक्षमा हुँदाहुँदै पनि अघिल्ला २ समाचार पाेर्टलले लेखेको समाचारलाई आधार मानेर समाचार लेख्दा त्रुटी हुनपुगेकोले हामी आगामी दिनमा यसरी अर्को मिडियामा आएकाे समाचारलाई स्राेतका रुपमा लिन नहुने निष्कर्षमा छाैं । साथै अन्तमा उपप्रमुखलाई पनि कुनै पनि संचार माध्यममा आएको आफ्नो समचारमा कत्तिको सत्यतथ्य हो भनेर मात्रै शेयर गराउन सुझाव दिन चहान्छु। समाचारका कारण पाठक वर्गमा पर्न गएको भ्रम र जुगल गाउँ पालिकाकी उपाध्यक्षकाे जीवनमा पुग्न गएकाे क्षति प्रती हामी दुख व्यक्त गर्दछौं। उहाँको राजनीतिक जिवनको उत्तरोत्तर प्रगतिको शुभकामना।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार