क्रीस्चियन टोलिले वितरण गरेको लत्ताकपडा र त्रीपाल पाएपछिको लिदिबासीको मुस्कान

पहिरोबाट क्षतिग्रस्त बाटो छिचोल्दै ज्यानको बाजि लगाएर क्रीस्चियन टोलि लिदि पुगेका थिए।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
२०७७ श्रावण ३० गते जुगल २ लिदीमा गएको भिषण पहिरो पिडितहरुलाई नेपाल क्रिस्चियन राहत सेवा, शेर्पा मण्डली, प्रशंसा मण्डली, आराधना सु समाचार मण्डली, हाम्रो मण्डली, सिन्धुपाल्चोक ठोकर्पा कृपा चर्च नेपाल, अतारखेल बाप्तिस मण्डली लगायतको संस्थागत सहयोग साथै डिल्ली राम पौडेल, बि पि खनाल, रोहित ढकाल लगायतका ब्याक्तित्वहरुबाट प्राप्त भएको सहयोग लिएर लिदि पुगेको छ। बिपदका बेला आवश्यक लत्ताकपडा, ५० पीस त्रिपाल, १७२ वटा सोलार टच लाइट, ५० पीस कम्बल, २०० पीस माक्स, तीन लिटर सेनिटाइचर क्रीस्चियन टोलिले बाँडे।

विकट गाउँमा पर्ने लिदिमा पुग्न ज्यानको बाजि लगाउँदै पुग्न पर्छ। पहिरोका कारण धराप गोरेटो उलाको बाटो छिचोल्दै गएको शुक्रवार त्यहाँ पुगि ग्लोबल मिसन मण्डलीका सक्रिय सदस्य  एवम्  मातृभूमि युवा क्लब नेपाल का उपाध्यक्ष समिर तामाङ, जुगल इसाई युवा समाज का अध्यक्ष पेम्बा तामाङ (आमोश ), काठमाडौं थानकोट आराधना सु समाचार मण्डलीका पास्टर दिल बहादुर मगर, सह पास्टर समिर स्याङ्बो, मकाठमाडौं जोरपाटी शेर्पा मण्डली का डिकान अङ दोर्जे शेर्पा, काठमाडौं अतारखेल बाप्तिस मण्डली का पास्टर प्रकाश तामाङ लगायतका सँयुक्त समन्वय र पहलमा उक्त राहत उपलब्ध गराई पिडितलाई वितरण तथा हस्तान्तरण  गरिएको ग्लोबल मिसनका समीर समीर तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

पहिरोमा परि एकसरो कपडा समेत फेर्न धौधौ भैरहेका पिडितहरुलाई यस टोलिले लगेको लत्ताकपडा पाएपछी खुशी देखिन्थे। क्रीस्चियन टोलिले यस्तै विभिन्न विपत्तिहरुमा खुला हृदयका साथ सहयोग गर्दै आएको छ। संसारमा सेवा नै धर्म हो भन्ने पाठ लिएर जस्तो सुकै ठाउँमा क्रीस्चियनहरु पुग्ने गर्छन्। जसको निरन्तरता स्वरुप उहाँहरु हातखुट्टा टेकेरै भएपनी पुगेका हुन्।

लिदि भीषण पहिरोमा परि बेपत्ता ३९ मध्ये ३३ जनाको शव फेला परिसकेको छ। अझै ६ बेपत्ता छन्। सशस्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले व्यापक खोजीकार्य जारी राखेका छन्। राहत वितरण पनि बिश्वभर रहेका मनकारी नेपालीहरु मार्फत भैरहेको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार