चिरिमायाले गरिन माइती गाउँ लिदिलाई जोर्डन बाट नगद सहयोग

आफ्ना माईती गाउँलेलाई परेको पिडामा सानो मह्लम होस् भनी सहयोग गरेको चिरिमायाले अन्तरास्ट्रिय तामाङ परिषद् का सचीव रविन थिङ मार्फत जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

  प्रीतम कुमार तामाङ

काठमाडौं
जुगल २ लिदि माइती गाउँ भएकी चिरिमाया तामाङ (प्रनिशा) ले नगद सहयोग पठाउनु भएको छ। लिदिमा गएको श्रावण ३० गते भीषण पहिरोमा परि ३९ जनाले ज्यान गुमाउन पुगेको थियो। आफ्नो माईती गाउँमा भएको धन जन को क्षतिलाई केही राहत होस भनी जोर्डनमा कार्यरत तामाङले आफ्नो ब्यक्तिगत तर्फबाट अमेरिकी डलर 200 USD सहयोग गर्नु भएको छ ।

आफ्नो माइती गाउँमा गएको पहिरोका कारण आफू बिछिप्त भएको र आफन्त जनहरूको घाउमा मलम लगाउन केही सहयोग पुग्ने भएकोले सो रकम सहयोग गर्नु भएको हो। लिदि निबासी नेमा छिरिङ तामाङको बहिनी चिरिमाया ठोरी गाउँपालिका पर्साकी स्थायी बासिन्दा भएपनी घर जुगलकै बोल्दे गाँउमा हो। माइती परिवारको ८ जना आफन्त पहिरोमा गुमाएकी चिरिमाया (प्रनिशा) तामाङले लिदि पहिरो पिडितलाई सहयोग गर्न सबैमा अनुरोध पनि गर्नु भएको छ। उहाँले अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव रबिन लामा थिङ मार्फत जुगल गाउपालिकाको उपप्रमुख सृजना तामाङ मार्फत लिदिमा रहेको आफ्नो आफन्तलाई पुर्याउन अनुरोध गर्नु भएको छ।

उहाँँको दाई नेमा छिरिङ दोङले आमा, श्रीमती र छोरी पहिरोमा गुमाएर अहिले एक्लो हुनुभएको छ। माइती परिवार पहिरोमा गुमाई बिछिप्त चिरिमाया (प्रनिशा) तामाङले सहयोगको लागि ब्यक्तिगत अभियान पनि चलाइरख्नु भएको जानकारी दिनु भएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार