नेपाल तामाङ कलाकार संघद्वारा लिदि पहिरो पिडित सहयोगार्थ १ लाख २५ हजार उपलब्ध

प्रतिकुल मौसम र बाटोको अवस्थाका कारण घटना स्थलमै पुग्न नसक्ने भएपछी जिल्ला समन्वय समिती सभापति कृष्ण गोपाल तामाङको हातमा हस्तान्तरण गरेका हुन्।

काठमाडौं
हिजो बिहान ६:३० बजे सिन्धुपाल्चोक जुगल २ लिदिमा गएको भीषण पहिरोमा परि पिडित परिवारहरुका लागी नेपाल तामाङ कलाकार संघद्वारा नगद रु. १ लाख २५ हजार नगद हस्तान्तरण गराएका छन्। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति कृष्ण गोपाल तामाङको उपस्थितिमा उहाँ मार्फत पिडित परिवारको सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएका हुन्। सो रकम संगै सुर्यविनायक नगरपालिका ८, दार्जिलिङ हाईटका सचीब एवं समाजसेवी तथा ब्यबसायी पुर्ण बहादुर लिम्बू बाट प्राप्त रु २५०००/- (पच्चीस हजार) पनि सभापति तामाङलाई हस्तान्तरण गर्नुभएको हो।

कलाकार संघ घटना स्थलमै पुगि राहत हस्तान्तरण गर्न गम्भीर छलफल गरेपनी प्रतिकुल मौसम र बाटोको कारण अप्ठ्यारो हुने भएकोले सम्बन्धित पक्ष संग समन्वय गरि जिल्ला समन्वय सभापतिको हातमा सो रकम दिनुभएको अध्यक्ष सन्जिव वाईबाले जानकारी दिनुभएको छ। साथै कलाकार संघले लिदिको पहिरोमा अकालमा ज्यान गुमाएका तामाङहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। त्यस्तै सम्पूर्ण पिडितहरुलाई धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामना सहित हार्द्धिक समवेदना प्रकट गर्दै यथाशिघ्र उचित राहत प्रदान गर्नका लागि नेपाल सरकारलाई अनुरोध गरेका छन्। र यो बिपतलाई मध्यनजर गर्दै संस्थाको तर्फबाट हाल तत्काल उक्त क्षेत्रमा गई सहयोग गर्न सहज नभएकोले जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति श्री कृष्ण गोपाल तामाङ ज्यु मार्फत रु १०००००(अक्षरुपी एक लाख) सहयोग प्रदान गरेको ब्यहोरा विज्ञप्तिमा उल्लेखित छ।

विज्ञप्तिको पुर्ण पाठ;
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा शुक्रबार बिहान गएको पहिरोले गाउॅ नै पुरिंदा तिन दर्जन भन्दा बढि तामाङ परिवारका मानिसहरू वेपत्ता हुनुभएको र अहिले पुरिएका शबहरु निकाल्ने क्रम जारी रहेको ,घाइतेहरुलाई हेलिकप्टर मार्फत उपचारको लागि अस्पताल लाने कार्य भै सकेको र अझै पनि उद्दार कार्य भै रहेकोमा पिडितहरूलाई यथाशिघ्र राहत तथा उचित आवासको समेत आवश्यकता भएकोले नेपाल तामाङ कलाकार संघ, नेपाल यो दुखद घडीमा अत्यन्तै मर्माहत भएका छौं र यो बिषम् परिस्थितिमा सम्पूर्ण मृतकहरूप्रति हार्द्धिक श्रद्धाञ्जली ब्यक्त गर्दै,घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण पिडितहरुलाई धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामना सहित हार्द्धिक समवेदना प्रकट गर्दै यथाशिघ्र उचित राहत प्रदान गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्दछौं र यो बिपतलाई मध्यनजर गर्दै हाम्रो संस्थाको तर्फबाट पनि हाल तत्काल उक्त क्षेत्रमा गई सहयोग गर्न सहज नभएकोले जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति श्री कृष्ण गोपाल तामाङ ज्यु मार्फत रु १०००००(अक्षरुपी एक लाख) सहयोग प्रदान गरेको ब्यहोरा जानकारी गराउॅदछौं।
साथै शोकको यस घडीमा सम्पूर्ण मनका धनी ब्यत्तित्वहरु , संघ संस्थाहरु , बुद्धिजीवीहरु तथा ब्यवसायीहरुलाई मानवीय सहयोग प्रदान गरिदिनका लागि हृदयदेखि अपिल गर्दै उक्त कार्यको समन्वयका लागि नेपाल तामाङ कलाकार संघ , नेपाल सदैब तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दछौं ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार