कोरोना हटस्पट मानिने पर्साको CDO मा अस्मान तामाङ

यस अघिका प्रमुख जिल्ला अधिकारीले प्रभावकारी काम नगरेको भन्दै हटाएर अस्मान तामाङलाई लगिएको हो ।

  प्रीतम कुमार तामाङ

पर्सा
गृह मन्त्रालयले उत्कृष्ट प्रशासकको रुपमा परिचित अस्मान तामाङलाई पर्सा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेका छन्। पछिल्लो समय कोरोना महामारीको केन्द्र बनिरहेको पर्सामा अघिल्लो CDO हरुले प्रभावकारी काम गर्न नसकेको भन्दै हटाएर तामाङलाई नयाँ CDO को रुपमा लगिएको हो। यसअघि उहाँ धादिङको सिडिओ हुनुहुन्थ्यो ।

उहाँभन्दा अघि पर्साको प्रमुखको रुपमा सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतलाई सरूवा गरेको थियो। यस पश्चात् कार्कीलाई गृह मन्त्रालयमा र बस्नेतलाई ललितपुरको सहायक प्रजिअका रूपमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार