पाँचपोखरी थाङ्पाल गाउँ पालिका प्रमुख टासी लामाको पहलमा सुत्केरी महिलाको ज्यान जोगियो

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, थाङ्पाल
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँ पालिका ६ की एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरेका छन् । स्थानीय ३४ वर्षीय पासाङ लामाको उद्धार गरेका हुन । उहाँलाई गाउँ कै स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि दिउँसो हेलिले लिन आएका थिए ।

गाउँ पालिका प्रमुख टासी लामा ह्योल्मोको प्रयासमा मन्त्री पर्वत गुरुङलाई उद्धारका लागि अनुरोध गरेपछि तत्काल हेलिकप्टर मार्फत काठमाडौं पुर्याईएको हो । त्यसपछि लामालाई थापाथली स्थित परोपकार प्रसुती गृहमा पुर्याईएको थियो । बुधबार बेलुका सुत्केरी व्यथाले च्यापेपछि स्थानीय थाङपालधाप स्वास्थ्य चौकी पुर्याइएका लामाको पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था असुरक्षित देखिएको र यसअघि समेत उहाँले मृत बच्चा जन्माएको हुनाले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आत्माराम धितालले जानकारी दिनुभयो । सो सिफारिसबारे मन्त्रालयले जानकारी पाएलगत्तै र गाउँ पालिका प्रमुखले मन्त्री गुरुङलाई सम्पर्क गरेर सम्पुर्ण व्यवस्था मिलाउनुभएको हो ।

तत्काल मन्त्री ज्युले हामिले गरेको अनुरोधलाई स्विकार गर्दै सुत्केरी ब्यथा लागेकी महिलाको ज्यान जोगिन सफल भएको अध्यक्ष ह्योल्मोले जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको छ ।

हवाई उद्धार गरी अस्पतालमा पुर्याइएको आधा घण्टा पनि नबित्दै पासाङले बच्चालाई जन्म दिएको अस्पताल श्रोतले जनाए । गाउँपालिकाका अध्यक्ष टासी लामाले मन्त्री पार्वत गुरुङलाई सम्पर्क गरेपछि उद्धारका लागि तत्काल आवश्यक व्यवस्था मिलाइएको थियो ।
गाउँ पालिका प्रमुख ह्योल्मो र मन्त्री गुरुङको सक्रियताले तत्काल उद्धार गरेपछि उहाँको ज्यान जोगिएको हो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार