सिन्धुपाल्चोकमा राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु, अपराध नियन्त्रणमा सहयोग पुग्ने

यो परिचयपत्र पाउनको लागि १६ वर्ष पुगेको नेपाली नागरिकता लिसकेको हुनुपर्नेछ

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, चौतारा
व्यक्तिको दश वटै औंलाको छाप, आँखाको रेटिना, फोटो, हस्ताक्षर, परिचय नं.लाई समाबेश गरि एउटा बिशेष प्रबिधी युक्त चिप्समा सम्पुर्ण डाटा समाबेश गर्ने आधुनिक राष्ट्रिय परिचय पत्रको डाटा संकलन सिन्धुपाल्चोकमा पनि सुरु भएको छ । आज देखि जिल्ला प्रशासनमा आवश्यक उपकरण सहित जनशक्ति समेत तयार भैसकेको छ । गएको आर्थिक वर्षको चैतबाट वितरण हुनुपर्ने भएपनी कोरोना भाइरस महामारी संगै लकडाउन भएपछी सुरु गर्न ढिलाई भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभएको छ ।

यो परिचयपत्र १६ वर्ष पुगिसकेको नेपाली नागरिकता लिएकाले लिन पाउने छन् । साथै विबरण भर्नको लागि सम्बन्धित व्यक्ति स्वयंम उपस्थित भै सक्कली नागरिकता र संम्भव भएसम्म बुवा आमाको पनि सक्कलि  नागरिकता लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

केही समय पश्चात् स्थानीय गाउँ पालिकाहरुमा समेत यसको सहज वितरण गरिने सरकारको तयारी रहेको छ । राष्ट्रिय परिचय पत्रमा नागरिकहरुको सम्पुर्ण वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र समावेस हुने भएकोले अपराध नियन्त्रणमा समेत यसले सहयोग पुग्ने छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार