काठमाडौं
जन्मदिन सबैको बिशेष दिन हुने गर्छन् । धेरैले जन्मदिनमा आफन्त, साथीभाई अनि ईष्टमित्र संग भेटघाट गरेर रमाइलो गर्दै मनाउने गरिन्छ । तर कोहि यस्तो व्यक्ती पनि हुन्छ्न् जो आफ्नो जन्मदिनलाई रमाइलो मात्र नभै बिशेष किसिमले मनाउने गरिन्छ त्यो हो मानवता ।
हो, सुनकोसी गाउँ पालिका नेपाल तरुण दलका अध्यक्ष एवं युवा समाजसेवी, युवा व्यवसायी थुप्तेन ग्याल्बो लामाले आफ्नो जन्मदिनको अवसरमा किर्तिपुर स्थित Baby Life Home अर्थात सफल HIV शिक्षा सदन का २७ बालबालिकालाई १ महिना पुग्ने खाद्य सामाग्री उपलब्ध गराएर मनाउनु भएको छ । उक्त स्कुलमा HIV संक्रमित बालबालिका जसलाई कुनै पनि स्कुलले भर्ना नलिएकाहरुलाई पढाउँदै आएको छ । यो स्कुल गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ज भएको बिशेष HIV पिडित पढाइने स्कुलको रुपमा चिनिन्छ ।
आर्थिक रुपमा अति समस्या संग जुद्दै चलाउँदै आएको एक बिशेष किसिमको शिक्षाको मन्दिरमा र सो मन्दिरका भगवान रुपि ती भाईबहिनीहरुलाई आफुले सकेको सहयोग गर्न पाउँदा निकै खुशी भएको बताउँनुहुन्छ थुप्तेन ग्याल्बो लामा । लामाले सहयोग पश्चात् आफ्नो व्यक्तिगत धारणा यसरी पोखेका थिए ।
“धेरै धेरै खुशी भएको क्षण HIV संक्रमित नानी बाबुहरु सँग मेरो खुशी बाँड्न पाए । जहाँ हाम्रो समाजले हरेक दिन हरेक ठाउँमा अपहेलित नानीबाबुहरु बस्ने, पढ्ने गर्छन् । बिचरा यि नानीहरुको के दोष ? मनमा दुख पनि लाग्यो दुःख सँगसँगै खुशी बाँड्ने मौका मिल्यो, विश्व कै एक मात्र विद्यालय जहाँ HIV संक्रमित नानीबाबुहरु मात्र खाने बस्ने पठनपाठन गरिन्छ l मैले सक्ने सहयोग यि नानीबाबुहरुको लागि सदैव हुनेछ गर्नेछु ।”
उहाँले यसरी जन्मदिनको अवसरमा सहयोग गरेपछी त्यहाँ अध्ययनरत भाईबहिनिहरुले बिशेष किसिमको गित गाएर शुभकामना दिएका थिए । जुन यस्तो थियो ;
“जय होस् तिम्रो मंगल होस्
चित्त सधैं भरि कोमल होस्
जाडो होस् या गर्मी होस्
पानी परोस् या आँधी चलोस्
त्यो बेला पनि मुखबाट
अमृत बाणी बर्सि रहोस्
जय होस् तिम्रो मंगल होस्
जय होस् तिम्रो मंगल होस्”