जुगल २ का वडा अध्यक्ष प्रताप लामा पानीमा भिज्दै पुगे राहत लिएर जनताको घरदैलोमा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
जुगल गाउँपालिका वार्ड नं २ को नाम्फा र लिदी गाउँ पालिकाकै सबैभन्दा विकट गाउँमा पर्दछ । भिर पहरामा अवस्थित यी गाउँहरुमा वर्षातको समयमा बर्षेणी पगिरो गईरहन्छ । त्यहाँ पुग्न सहज बाटो समेत छैन । भौगोलिक विकटता रहेकोले हिँडेर जान धेरै गाह्रो छ । गएको असार
२५ र २६ गतेकाे अबिरल वर्षातकाे कारण यी गाउँका करिब ८० घरधुरी विस्थापित भएका छन् ।  बढी पहिरो का कारण जोखिममा रहेको सानो नाम्फा र लिदिको केही घर मा मान्छे  बस्न नहुने भएकाे छ ।

जहाँ Care nepal र टुकि संघ सुनकाेशि साथै जुगल गाउँ पालिकाकाे साझेदारीमा सानो नाम्फा को अति जोखिम ६ घर लाई राहतको सेट (साबुन, मेक्सी, नैनी, माक्स, मञ्जन, ब्रुस ) को सेट र नाम्फा  मा ८० थान त्रिपाल प्रत्येक घरधुरीलाई उपलब्ध गराएको वडा अध्यक्ष प्रताप लामाले जन्मभूमि पोष्टलाई जानकारी गराउनुभयो । पहिरोका कारण खानेपानीको लाईन बगाएकोले लिदिमा ३०० मिटर पाईप, नाम्फा मा ६०० मिटर पाईप वडा अध्यक्ष प्रताप  लामा र वडा  सचिव लगायतले वितरण गर्नु भएको छ ।

विस्थापित स्थानीयहरुलाई अझै अन्य थप राहतको व्यवस्था गर्दै जाने पनि अध्यक्ष लामाले बताउनुभएको छ । उहाँले पानीमा भिज्दै जनताकै घरदैलो मै त्रीपाल, पाईप पुर्याएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार