कास्की पहिरो – मृत्यु हुनेलाई १ लाख, घाइतेलाई निशुल्क उपचार

  जन्मभूमि संवाददाता

कास्की
कास्की जिल्ला विपद् व्यवस्थापन समितीले शुक्रबार निर्णय गर्दै प्रती मृतक १ लाख र घाइतेको निशुल्क उपचार गर्ने भएको छ । लगातारको वर्षातको कारण आएको पहिरोमा १३ घाइते भएको जानकारीमा आएको छ । घाइतेहरुको पोखराकै मणिपाल अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।

वर्षाका कारण कास्कीको विभिन्न स्थानहरुमा गएको पहिरोमा परि ७ जनाको मृत्यु भएको छ । आज राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका -१८ सराङकोट गोठादीमा माथिबाट खसेको पहिरोले घर पुरिएको छ । जसबाट ३ को मृत्यु भएको छ । पहिरोले टंक बहादुर थापाको घर पुरेका हुन् । साथै पोखरा –२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार