प्रेस युनियन सिन्धुपाल्चोकले सिडिओ मार्फत सरकारलाई ५ बुँदे ज्ञापनपत्र

मोफसलका पत्रपत्रिकालाई लकडाउन अवधिको बाहेकको प्रकाशनलाई सत प्रतिशत मानि काउन्सिलले वर्गीकरण गर्नुपर्छ ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
आज प्रेस युनियन सिन्धुपाल्चोकको पाँचौ अधिबेशन पश्चात् विविध कारणबस बस्न नसकेको बैठक सम्पन्न गराएको छ । विद्यमान  कोरिनाको महामारीका कारण बैठक झन पछि सरेपछी हाल लकडाउन केही खुकुलो भएको मौका छोपी महत्वपूर्ण प्रस्तावहरुमा सर्वसम्मतले निर्णय समेत गरे ।

बैठकबाट महत्वपूर्ण निर्णय स्वरुप हाल कोभिडका कारण फ्रन्टलाइनमा रहेर जनतालाई सहि समयमा सहि सुचना दिनुपर्ने संचारकर्मीहरुको पेसा, सुरक्षाको विषयमा सरकार गम्भीर नभएको भन्दै ५ बुँदे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाउने निर्णय समेत गरेको हो । सो निर्णय अनुरुप आजै युनियनले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई सो पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनका लागि पुर्व प्रेस युनियनका अध्यक्ष एवं पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष वरिष्ठ पत्रकारहरु ऋषिराम पौडेल, सुदर्शन आचार्य ,पवित्र कुमार खड्का र युवाराज पुरी पनि उपस्थित हुनुभएको थियो । उक्त पत्रमा संक्रमणका बेला अग्र पंक्तिमा खटिने पत्रकारहरुको स्वास्थ्य परिक्षण, पेशागत ग्यारेन्टी र सुरक्षामा सरकार गम्भीर हुन र राहत प्याकेजको तत्काल घोषणा गर्न माग गर्दै यो विषम परिस्थितिमा प्रकाशन हुन नसकेका मोफसलका पत्रपत्रिकाहरु लकडाउन अवधिको अंकलाई छाडेर बाँकी अवधिलाई सतप्रतिशत मानेर प्रेस काउन्सिलले वर्गीकरण गर्न माग गरेका छन् ।

त्यस्तै सरकारले अनलाइन संचारमाध्यमलाई समेत बिज्ञापन उपलब्ध गराउने निर्णयको स्वागत गर्दै सबै अनलाइन मिडियालाई समानुपातिक ढंगले बिज्ञापन वितरण हुनुपर्ने जोड दिँदै कोभिड संक्रमणलाई ध्यान दिँदै सहज सुचना उपलब्ध गराउन पनि माग पत्रमा उल्लेख छ । अन्त्यमा संचार माध्यम लगायत संचारकर्मिहरु माथी हुने धम्की, आक्रमण र धरपकड गर्नेहरुलाई सजाय दिलाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ । उक्त पत्र प्रेस युनियनका वर्तमान अध्यक्ष दुर्गा आचार्यले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई बुझाउनुभएको हो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार