प्रधानमन्त्री पद मात्र हैन अध्यक्षबाट पनि राजिनामा दिनुस् – प्रचण्ड

  जन्मभूमि संवाददाता

काठमाडौं
आज बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलिको राजिनामा मागेका छन् । आइतबार ओलिको बोलिको उत्तर लिन व्यापक छलफल भएको थियो । प्रधानमन्त्री ओलिले आइतबार आफुलाई हटाउन आफ्नै पार्टी र भारतीय दूतावासको चलखेल भएको, जसको लागि होटल होटलमा नेताहरु धाएको भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

उक्त अभिव्यक्ती तिर इंगित गर्दै प्रचण्डले तपाईंको राजिनामा भारतले या पार्टीका नेताहरुले नभै मैले मागेको हुँ, तपाईं प्रधानमन्त्री र अध्यक्ष पद दुवै छोड्दिनुस् भनी स्पष्ट पार्नुभएको थियो । उहाँकै लयमा नेकपा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले समेत प्रधानमन्त्रीको राजिनामा कै पक्षमा उभिएर समर्थन जनाएको थियो ।

त्यस्तै पार्टी उपाध्यक्ष बामदेव गौतमले केही दिन अघि नेकपा एमाले पार्टी दर्ताको लागि आवेदन पर्नुमा प्रधानमन्त्री ओलिकै निर्देशनमा भएको समेत बताउनुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार