किबिको फलबाट बनेको प्रीन्सेस वाईन बजारमा ल्याईदै

धनकुटा
धनकुटाको किबीबाट उत्पादन ‘प्रिन्सेस’वाइन बजारमा आउने तयारीमा छ । माउण्ट एभरेष्ट वाइनरीद्वारा  उत्पादन गरिएको वाइन नेपाली बजारमा चाँडै नै आउने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

किबी फलसँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरिरहेको कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले जानकारी दिए । उनका अनुसार केहि दिनमै नेपालको प्रमुख शहरहरुसँगै नेपाली बजारमा आउने तयारी रहेको छ ।

प्रवन्ध निर्देशक बास्तोलाका अनुसार उत्पादनको काम सबै सकिएको र बजारमा लैजान तयारी रहेको बताए । लकडाउनको कारण हामीले बजारमा लान सकेको छैनौं, उनले भने, ‘अब चाँडै नै लैजाँदै छौं ।’

नेपाली युवायुवतीलाई लक्षित गरि वाइन उत्पादन गरिएको छ । बजारको भन्दा फरक स्वादमा पाउने कम्पनी जनाएको छ । अर्गानिक वाइनको पूर्वी नेपालसँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रसम्म बजारीकरण तीब्र बनाइने कम्पनीले जनाएको छ ।
नेपालको प्रमुख सहरहरुमा व्यापार केन्द्रीत गर्दै जापानसम्म पुर्याउने सोंच बनाएको प्रवन्ध निर्देशक बास्तोलाले बताए।

धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषक लाभान्वित भएका छन । रातो र सेतो कलरमा वाइन बनेको छ, कम्पनीका अध्यक्ष हरेराम साहले भने, ‘ यो वाइन नेपालीले मात्रै नभइ विदेशीले समेत मन पराउनेमा ढुक्क छु ।’ पहाडी क्षेत्रमा उत्पादित सबै अर्गानिक फलफूललाई पहिलो प्राथमिकता दिएर वाइन उत्पादन गरेको हो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार