लोकतन्त्र प्राप्तिका लागि शिक्षक वर्गले पुर्याएको योगदान अतुलनीय छ ; पुर्व मन्त्री बस्नेत

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाल शिक्षक संघ सिन्धुपाल्चोकले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित निर्वाचित केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेत र बागमती प्रदेश सह-महामन्त्री हरिशरण श्रेष्ठलाई वदाई एवं सम्मान गरेको छ । आज काँग्रेसको केन्द्रिय खेलकुद विभागको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले लोकतन्त्र निर्माणको लागि आफ्नो कर्म क्षेत्रमा रहेर शिक्षकहरुले पुर्याएको योगदान अमुल्य अनि अतुलनीय रहेको बताए ।

उनले काँग्रेसलाई यस स्थानमा पुर्याउन निस्वार्थ भावका साथ नेपाल शिक्षक संघले गरिरहेको साथ सहयोगको खुलेर प्रशंसा गर्नुभयो । पुर्व मन्त्री बस्नेतले गएको स्थानीय एवं संघीय निर्वाचनमा शिक्षक संघका धेरैले जागिर छाडेर पार्टीबाट उम्मेदवार बनाएको स्मरण गराउँदै पार्टीका लागि गरेको योगदान स्वरुप कुनै न कुनै दिन अवस्य स्थान पाउने बताउनुभयो ।

शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष तुलसी प्रसाद दंगालले नेता बस्नेतले श्रमजीवी वर्गलाई परेको समस्यामा खुलेर सकेको सहयोगको लागि अभिभावकत्व लिनुपर्ने बताए । हिजो एमाले र माओवादीले शिक्षकहरुलाई गरेको विभिन्न भौतिक एवं मानसिक दमनमा समेत पार्टीको लागि ज्यान दिएर बसेकाहरुको समस्या बुझ्न जरुरी रहेको उहाँको भनाई थियो ।

पार्टी संग नजिक रहेकै आधारमा शिक्षकहरुलाई सरुवा गर्ने जस्ता कार्यको लागि सबै एकजुट भएर लड्न जरुरी रहेको पनि उनले बताए । हिजो लोकतन्त्र स्थापनाका समय धेरैले आफ्नो ज्यानको आहुती दिएकोले शिक्षकहरु विरुद्धको दमन स्विकार्य नहुने भनाइ राख्नुभयो ।

कार्यक्रममा जिल्लाका शिक्षक संघमा सदस्यहरु एवं पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार