कक्षा १२ सम्म निशुल्क दिवा खाजा र चिनियाँ भाषा पढाउने जिल्लाकै पहिलो झिर्पु मा.वि.

जिल्ला मै पहिलो पल्ट झिर्पु मा.वि. मा चिनियाँ भाषा पठनपाठन र १२ सम्म निशुल्क दिवा खाजा खुवाउने विद्यालय हुँदै

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाकै सबैभन्दा पहिलो चाइनिज भाषा पढाउने विद्यालयको रुपमा भोटेकोसी स्थित झिर्पु माध्यमिक विद्यालय हुने भएको छ । आज विद्यालय र सोवर्स एक्सन नेपाल एवं सोवर्स एक्सन हङकङ बिच शैक्षिकसत्र २०८० देखि लागू हुने गरि चाइनिज भाषा र दिवा खाजा परियोजनामा द्धिपक्षिय सम्झौता गरिएको छ ।

संस्थाले विद्यालयमा प्रशिक्षकका लागि मासिक रु. ६० हजारका दरले उपलब्ध गराउने कबुल गरेका छन् भनें दिवा खाजा स्वरुप कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुलाई निशुल्क दिवा खाजाको लागि रकम समेत उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको सोवर्स एक्सन नेपालका अध्यक्ष पासाङ वाङ्दी शेर्पाले बताउनुभयो। उनले यस परियोजना १ वर्षका लागि परिक्षणकाल जस्तै रहने भएकोले यसबाट यदि सकारात्मक परिणाम आएमा यसलाई निरन्तरता दिन संस्था तयार रहेको र यदि यसको राम्रो नतिजा नआएमा निरन्तरता दिन आवश्यक नरहेकोले सबैले यो अवसरको रुपमा लिएर साथ सहयोग गर्न अपिल गर्नुभएको छ। शेर्पाले विशेष गरि सोवर्स एक्सनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि एवं विपतहरुमा सहयोग गर्दै आएको पनि जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति एवं वि.व्य.स. अध्यक्ष आङछिरि शेर्पाले झिर्पु मा.वि. जिल्लाभर कै पहिलो चाइनिज भाषा पढाउने विद्यालय हुने बताउनुभयो । उसैपनी भोटेकोसी चिन संग केही पाइलामै पुग्ने ठाउँ रहेकोले साविक अवस्थामा नाका सञ्चालन भएमा चिनियाँ भाषाको अत्यन्तै महत्व रहेको बताउनुभयो । व्यापार, नोकरीमा समेत अंग्रेजी भाषा पछिको चिनियाँ भाषा भैसकेकोले यो अत्यन्तै उत्कृष्ट हुने उनको धारणा थियो । भोटेकोसीलाई समृद्ध बनाउन यस परियोजनालाई सफल बनाउन आफू एक्लैले केही गर्न नसकिने भएकोले विद्यालय परिवार, अभिभावक, सल्लाहकारहरु, विद्यार्थीहरु, जनप्रतिनिधिहरु सबैको उत्तिकै साथ सहयोग भएमा प्रभावकारी रुपमा अघि बढ्ने उनको धारणा थियो । साथै यति ठूलो महत्वाकांक्षी परियोजनामा साथ दिएका सोवर्स एक्सन नेपाल र सोवर्स एक्सन हङकङ प्रति नतमस्तक रहेको जनाए। साथै झिर्पु मा.वि. १२ कक्षा सम्म निशुल्क दिवा खाजा खुवाउने विद्यालयको रुपमा समेत परिचित हुने उनको भनाइ थियो।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि एवं गाउँपालिका प्रशासकीय प्रमुख भद्र बहादुर बस्नेतले भन्नुभयो, “कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दा पोषण संगै नियमित विद्यालय आउन आकर्षक बढ्ने देखिन्छ। साथै चाइनिज भाषाले चिन संग जोडिएको पालिकाको नाताले ठूलो भुमिका खेल्ने भएकोले सबैले यसलाई भरपुर फाइदा उठाउन शुभकामना दिन चहान्छु।”

कार्यक्रममा विद्यालयका सल्लाहकार समिति अध्यक्ष देवि बुढाथोकी, कुमार राउत, प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ, वडा अध्यक्षद्वय टासी शेर्पा र निमा सोना शेर्पा लगायतले यो परियोजना उत्कृष्ट रहेकोले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार