झिर्पू मा.वि.को वार्षिकोत्सब १६ गते डोमा ह्योल्मोको भव्य साँस्कृतिक प्रस्तुति सहित हुँदै

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाल सरकार बाट नमूना विद्यालयको रुपमा छनोट झिर्पू माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पूर्व विद्यार्थी पुर्नमिलन समारोह यहि जेठ १६ गते मंगलवार विद्यालयको प्राङ्‌गण हुने भएको छ। सम्मानीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता एवं माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र क्षेत्र नं. १ का माननीय सांसद सुबोध सापकोटा बिशेष अतिथिको रुपमा उपस्थित हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाले जानकारी दिनुभयो । साथै कार्यक्रममा अन्य अतिथिगण, जनप्रतिनिधिहरु समेत उपस्थित हुनेछन्।

साथै सोही दिनको अवसर पारेर डा.इवामुरा अस्पतालको सहकार्यमा विद्यालयद्वारा नि:शुल्क स्वास्थ शिबिर सञ्चालन गर्ने शेर्पाले बताउनुभयो। शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशारोग, बालरोग, जनरल सर्जरी, स्त्री रोगको सेवाहरु बिहान ८ बजे बाट नै लिन सकिने छन्।

उक्त समारोहलाई भव्य रुपमा सम्पन्न गराउन ख्याति प्राप्त राष्ट्रिय कलाकार डोमा ह्योल्मोको विशेष सांगीतिक प्रस्तुति रहनेछन् । साथै अन्य विभिन्न कलाकारको समेत साँस्कृतिक प्रस्तुति रहने विद्यालय परिवारले जनाएको छ।

वार्षिकोत्सबलाई अझ विशेष बनाउने उद्देश्यले जेठ १४, १५ र १६ गते गरी तीन दिन सम्म अन्य विभिन्न कार्यक्रम तथा गतिविधिहरु हुने अध्यक्ष शेर्पा बताउँछन्। उनका अनुसार १६ गते औपचारिक रुपमा समापन हुने समारोह भन्दा अघि १४ गते विद्यालयका विद्यार्थीहरु बीच अतिरिक्त क्रियाकलाप र १५ गते हिन्दी बजारमा सरसफाई र शिक्षकबीच खेलकुद कार्यक्रम हुने जानकारी दिए ।

जिल्लाकै चिनियाँ भाषा पढाउने पहिलो विद्यालयको रुपमा परिचीत यस विद्यालय शेर्पा व्यवस्थापन समितिको अध्यक्षमा आएदेखि दिनानुदिन नमुना क्रियाकलापहरुले गर्दा चर्चामा रहँदै आएको छ। यस अघि शैक्षिक क्षेत्रमा अब्बल विज्ञहरुले गाउँपालिका भरीकै शिक्षक शिक्षिका, अभिभावक अनि झिर्पु मा.वि. का विद्यार्थीहरुलाई २ दिने विशेष अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेका थिए। त्यस्तै, यस विद्यालयमा इसिडी देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई नि:शुल्क दिवा खाजाका लागि सोवर्स एक्सन हङकङ र सोवर्स एक्सन नेपालले विशेष सहयोग गर्दै आएको छ।

वार्षिकोत्सब कार्यक्रमलाई अझै भव्य बनाउन भोटेकोशी क्षेत्रको समाजसेवी, बुद्धिजीवी, पुर्व विद्यार्थी तथा सम्पूर्ण सरोकारवाला पक्षहरुलाई वि.व्य.स. अध्यक्ष आङछिरी शेर्पा एवं विद्यालय परिवारद्वारा विशेष निम्तो गरिएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार