एसएमएस धमकाबाट संकलित रकमबाट तामाङ समाज युएईले शैक्षिक सामग्री प्रदान

  जन्मभूमि संवाददाता

काठमाडौं
तामाङ समाज युएईले सङ्खुवासभास्थित पञ्चकन्या आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बिहीबार तामाङ घेदुङको सङ्घीय कार्यालयको सभा हलमा समाजको सपोर्ट माई स्कुल (एसएमएस) परियोजना अन्तर्गतको यो वर्षको १ लाख ११ हजार १ सय ११ बराबरको शैक्षिक सामग्री चैनपुर–९ का पञ्चकन्या विद्यालयलाई प्रदान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै घेदुङका सह अध्यक्ष कुमार घिसिङले हस्तान्तरण गरेका शैक्षिक सामग्री सही ठाउँमा सदुपयोग गर्नका लागि अनुरोध गरेका छन् ।  सह अध्यक्ष घिसिङले घेदुङमार्फत रहेका शैक्षिक कोषहरू सही सदुपयोगको लागि पनि पहल भइरहेको बताए ।
अर्को सन्दर्भमा तामाङ समाज युएईमा आएको फुटलाई लिएर घेदुङले चाहँदैमा एकता गर्न नसकिने बताए । उनले आउने ल्होछारसम्म फुटमा रहेका समाज एकता भइ अघि बढ्न अनुरोध गरेका छन् ।


यस्तै घिसिङले पञ्चकन्या विद्यालयमा पनि तामाङ भाषा कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ । यो वर्ष घेदुङले ३० विद्यालयमा लागु गर्ने उनले बताए ।
यस्तै घेदुङका महासचिव काजीमान थिङले तामाङले तामाङ समाज युएई र तामाङ घेदुङ जस्ता तामाङ सङ्घसंस्थाहरू भनेको तामाङका लागि विश्वविद्यालय रहेको बताए । ‘तामाङको जीवन पढ्नका लागि तामाङ संघसंस्थासँग जोडिनुपर्छ अनि मात्र तामाङका जीवन र मौलिकता पाउन सकिन्छ’‚ उनले भने ।
यसै गरी अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामाले समाजको यो कार्यले तामाङ गाउँका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू लाई राहत मिलेको बताए ।
यसै गरी पञ्चकन्याका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम तामाङले यो सहयोग अति नै सह्रानीय रहेको बताउँदै सबैको मिहिनेत र सहयोगी हातहरूले यस विद्यालयका लागि भाइबहिनीको उज्ज्वल भविष्यको लागि प्रदान गरिएका शैक्षिक सामग्रीको सही सदुपयोग गर्ने वचन व्यक्त गरे ।
यस्तै कार्यक्रमका सभाध्यक्ष एवं समाजका अध्यक्ष सनिल घिसिङले शैक्षिक स्तर सुधारको लागि यो कोष खडा गरेर अघि बढेको बताए । यस्तै उनले विदेशमा आउँदा पनि थोरै तलबमा आउने अवस्थालाई हेरेर शिक्षाको महत्वलाई ध्यानमा राखी यो योजना ल्याएको बताउँदै तामाङ समुदायका छोराछोरी पढ्ने विद्यालयमा यो योजना सन् २०१२ बाट सुरु गरेको जानकारी दिए । उनले सुरुका दिनमा विद्यालयको भौतिक सुधार हुँदै शैक्षिक गुणस्तरका लागि सहयोग गर्दै आएको बताए । ‘रकम सङ्कलनका लागि खुत्रुके योजना हुँदै पछिल्लो चाहिँ एसएमएस धमाका गरी सहयोग सङ्कलन गर्दै आएको छ ।’‚ उनले भने‚ ‘संस्थाले नेपालबाट आमन्त्रित कलाकारहरू लैजाँदा उनीहरूलाई पनि अवसर दिएको र धमाकालाई पनि रकम सङ्कलन गर्न सहयता हुने भएकोले यो परियोजना ल्याएको हो।’
उनले सहयोग पाउनका लागि संस्थाको विधि विधान अनुसार प्रक्रिया पुर्‍याएमा सहयोग गर्ने बताए । सहयोग पाउनका लागि विद्यालयले प्रक्रिया पुर्‍याएर संस्थामा निवेदन पेस गर्नुपर्ने बताएका छन् ।

एसएमएस परियोजना अन्तर्गत योसहित ९ वाट विद्यालयहरूलाई सहयोग हस्तान्तरण गरिसकेको समाजले जनाएको छ ।
एसएमएस धमाका के हो
सपोर्ट माई स्कुल (एसएमएस) परियोजना २०१२ सालबाट सुरु भएको हो । संस्थाको मूल उद्देश्य तामसालिङ क्षेत्रको दुर्गम भेगमा स्थापित सामुदायिक विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग पुर्‍याउने हो । विद्यालयको भौतिक संरचनाको स्तरोन्नति वा शैक्षिक विकास अन्तर्गत भौतिक संरचनाको मर्मत सम्भार, पाठ्यपुस्तक वा शैक्षिक सामग्रीहरू वितरण गर्ने हो । विश्व समुदायमा शिक्षाको महत्त्व र ग्रामीण भेगको सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृत्तिका लागि सहयोग गर्न सबैलाई जागृत गर्ने यस परियोजनाका मुख्य ध्येय हो ।

परियोजना अन्तर्गत महाकाली देवी कर्मदय प्राथमिक विद्यालय, पिन्थली, रोशी– ९, काभ्रे‚ मिदेबी मा।बि। मेघाङ–३, नुवाकोट‚ कन्यादेवी निम्न मा।बि। नेत्रवती गाउँपालिका– ४, धादिङ‚ दुप्चेश्वर निम्न मा।बि। साबिक सरमथली–६, रसुवा‚ सातकन्या प्राथमिक विद्यालय, साबिक थाङपालकोट–८, सिन्धुपाल्चोक‚ जनहित प्राथमिक विद्यालय, साबिक पदमपुर–८ चितवन‚ घ्युलदेबी निम्न माध्यमिक विद्यालय, साबिक गोल्चे–३, सिन्धुपाल्चोक‚ जोगीश्वरी मा।बि। साबिक महादेबटार–१, काभ्रे र पञ्चकन्या आधारभूत विद्यालय सङ्खुवासभालाई सहयोग प्रदान गरेका छन् ।
सुरुवाती समयमा खुतुर्के कार्यक्रम मार्फत युएईमा हुने विभिन्न कार्यक्रमहरूमा चन्दा उठाएर एसएमएसका लागि रकम सङ्कलन गरेका थियौँ । सन् २०१७ सालदेखि बृहत् रूपले नेपालबाट कलाकारहरू आमन्त्रित गरेर एसएमएस धमाका साङ्गीतिक सॉंझ कार्यक्रमको आयोजना गरेर परियोजनाका लागि आर्थिक रकमहरू जुटायौँ ।
परियोजनाका लागि गायिका सानु वाइबा‚ गायिका निर्मला घिसिङ‚ गायक सुरेश लामा र कोभिड महामारीपछि २०२२ सालमा गायक तथा सङ्गीतकार आशुसेन लामा र नेपाल आइडल बुद्ध लामालाई आमन्त्रण गरी कार्यक्रम गरेका थियौँ ।
र यसपालि गायिका द्वय मिना लामा र समीक्षा अधिकारीको सहभागितामा एसएमएस धमाका–५ साङ्गीतिक सॉंझ आयोजना हुदैछ । यस परियोजनाले आगामी दिनहरूमा धेरै भन्दा धेरै सामुदायिक विद्यालयहरूलाई सहयोग गर्न सकोस् र शिक्षा क्षेत्रमा निरन्तर सहयोगको कार्यहरू अगाडी बढ्दै जाने दृढतासाथ अघि बढाएका छौँ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार