जुगलले बाँड्यो २३ जनालाई अध्यक्ष शैक्षिक छात्रवृत्ति कोषको रकम

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जुगल गाउँपालिकाले अध्यक्ष शैक्षिक कोष छात्रवृत्ति कार्यक्रमको छात्रवृत्ति रकम वितरण गरेको छ। यस कार्यक्रमबाट विभिन्न शैक्षिक संस्थामा अध्ययनरत गाउँपालिका भित्रका २३ जना विद्यार्थीहरु छनौट भै लाभान्वित भएका छन्। २३ विद्यार्थीका लागि रु.६ लाख रकम आज कार्यक्रम गरि हस्तान्तरण गरिएको छ।

छात्रवृत्ति रकम हस्तान्तरण पश्चात् तस्वीर खिच्दै

 

यो कोष गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको पहलमा सञ्चालन भएको हो। यस कोषबाट गरिबीको रेखामुनि रहेका विपन्न विद्यार्थीहरु जो प्राबिधिक शिक्षा अध्ययन गरिरहेको तथा जेहेन्दारलाई यस सहयोग गरिएको अध्यक्ष स्याङ्बोले बताउनुभएको छ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो

स्याङ्बोका अनुसार जुगललाई शैक्षिक स्तरमा अघि बढाउन यो कोषले ठूलो सहयोग मिल्ने धारणा छ। आर्थिक विपन्नताका कारण पढ्न मन हुँदाहुँदै बिचैमा अध्ययन छाड्ने, प्राविधिक शिक्षा हाँसिल गर्न नसकिनेका लागि ठूलो रहात मिल्ने र यसलाई निरन्तरता दिने उनको सोचाइ रहेको जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। रकम हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष हिमाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार