युवा व्यवसायी अबिनाश गोलेद्वारा आफू पढेको विद्यालयमा न्यानो कपडा वितरण

  प्रीतम कुमार तामाङ

दोलखा
दोलखा जिल्ला मेलुङ गाउँपालिका ४, भेडापुमा अवस्थित जुके मा.वि. मा युवा व्यवसायी अबिनाश गोलेद्वारा त्यहाँ अध्यनरत १३२ जना विद्यार्थीहरु लाई ट्र्याकसुट वितरण गरेको छ । विगतमा युवा समाजसेवी गोले यहि विद्यालयमा औपचारिक शिक्षा हाँसिल गर्नुभएको थियो ।

विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष नवीन गोलेको सभापतित्व र युवा ब्याबसायी अबिनाश गोले कै प्रमुख अतिथ्यतामा उक्त सामन वितरण गरिएको हो । गोलेले आफुले क, ख, ग सुरुवात गरेको यस विद्यालयमा हाल अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाई यसरी जाडोको समयमा न्यानो ट्रयाक सुट वितरण गर्न पाउँदा गर्व महशुस गरेको बताउनु भयो ।

जाडोमा न्यानो कपडा पाउँदा सो विद्यालयमा अध्यनरत विद्यार्थीहरु अत्यन्तै हर्षित देखिन्थे । जाडोको कारण विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थी भाईबहिनीहरु अब न्यानो कपडा पाएपछी पढाई नछुट्ने वि.व्य.स. अध्यक्ष गोलेले जनाए । उनले समाजसेवी, दानी व्यक्तित्व अबिनाश गोलेको यो सामाजिक कार्यको खुलेर प्रशंसा गर्नुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार