नि:शुल्क स्वास्थ्य शिविरबाट विकट गाउँका जेष्ठ नागरिक सहित ३२५ बढी लाभान्वित

बलेफीको विकट धुस्कोट गाउँमा ३२५ जनाले लिए नि:शुल्क स्वास्थ्य सेवा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
१ सय ३५ औं अन्तरास्ट्रिय मजदुर दिवसको दिन जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा ​​बलेफी गाउँपालिकाको सहकार्यमा नि:शुल्क स्वास्थ्य परिक्षण तथा May measurement moth अभियान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। बुधबार सम्पन्न उक्त कार्यक्रम वडा नं. ३ स्थित धुस्कोटमा वडा अध्यक्ष रितेश तामाङको सभापतित्व, उपाध्यक्ष सरु लामा तामाङको प्रमुख आतिथ्यता र जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईको विशेष आतिथ्यतामा भएको हो।

शिविरमा ३ जना चिकित्सकहरुद्वारा करिब ३२५ स्थानीयवासीलाई नि:शुल्क स्वास्थ्य चेकजाँच संगै औषधि वितरण गरेका छन्। स्थानीयहरुको प्रेसर, सुगर चेकजाँच गर्दै ऊनीहरुमा रहेको अन्य समस्याहरुको समाधान गर्न चिकित्सकहरु दिनभर खटिएका थिए। गाउँघरमा स्वास्थ्य समस्या आएपनि उपचार वा चेकजाँचका लागि अस्पताल सम्म नगएर रोग पालेर बसेको थुप्रै समस्याहरु लिएर स्थानीयहरु त्यहाँ आएका थिए।

७९ वर्षीय तेउकी तामाङ खुट्टामा काँडा बिजेर केही दिनदेखि थला परेकी थिईन। उनी आफ्नै टोलमा स्वास्थ्य शिविर छ भन्ने थाहा पाएपछि लौरा टेक्दै आइपुगे। त्यसपछि चिकित्सकले उनको खुट्टामा बिजेर बसेको काँडा निकालेर ड्रेसिङ गरेपछि प्रसन्न देखिए। यसरी नै थुप्रैले आफ्नो स्वास्थ्यमा रहेको समस्याहरु सुनाउँदै त्यसको निधानको लागि औषधि लिए पछि खुशी हुँदै फर्किएका थिए।

कार्यक्रमको प्रमुख अतिथि एवं बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङले सबैभन्दा पहिले आफ्नो स्वास्थ्यको आफैंले ख्याल गर्न स्थानीयहरुलाई सुझाव दिँदै पालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय संग समन्वय गरेर शिविर सञ्चालन गरेको बताए। लामाले पालिका भित्रका जनताको स्वास्थ्य सुधार गर्ने विभिन्न कार्यक्रमहरु क्रमशः गर्दै जाने प्रतिबद्धता समेत जनाउनुभयो।

जिल्ला जनस्वास्थ्य प्रमुख बजगाईले स्वास्थ्य शिविरको उद्देश्य बारे बोल्नु हुँदै भन्नुभयो,” समुदायमा रहेको उच्च रक्तचाप, मधुमेह, सर्ने रोग, नसर्ने रोगका पीडितहरुलाई स्कृनिङ गर्ने, हेर्ने जाँच्ने कार्य गर्दै त्यसको वास्तविकता पत्ता लगाई उपचारका लागि रिफर गर्ने रहेको छ।” साथै, मे १ तारेख अर्थात विश्व मजदुर दिवसको दिन पारेर गरिएको शिविरमा May measurement month अभियानलाई पनि सुरुवात गरिएको र सोही अभियान जिल्लाको १२ वटै स्थानीय तहमा लैजाने जानकारी समेत दिनुभयो।

कार्यक्रमको सभापति एवं वडा अध्यक्ष रितेश तामाङले जनताको स्वास्थ्य प्रति जनप्रतिनिधि र स्वास्थ्य कार्यालय संधै सचेत र सजक रहन्छ भन्ने उद्देश्य प्रस्टाउन नै शिविर सञ्चालन गरेको बताए। तामाङले उक्त शिविर चौतारा अस्पताल र जलबिरे प्राथमिक स्वास्थ्य केन्द्र धुस्कोट गाउँ मै आएको ठान्नु पर्ने र सबैले भरपुर रुपमा सेवा लिन आग्रह गरे। टाढाको अस्पतालमा उपचार गर्न खर्चिलो हुने भएकोले यसको हिसाबले पनि यो कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ थियो। वडा अध्यक्ष तामाङले चेकजाँचको क्रममा थप उपचार गर्नुपर्ने भएमा वडा र पालिकाले विपन्नहरुलाई खर्चको व्यवस्था समेत गर्ने भएकोले त्यस्ता व्यक्तिहरुले सम्पर्क गर्न पनि सुझाव दिनुभयो।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरु, बलेफी गाउँपालिका स्वास्थ्य साखा प्रमुख चेतन घिमिरे लगायत अन्य स्वास्थ्यका कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा २५० जनालाई हाईजिन कीट उपलब्ध गराएका छन्। गाउँ मै शरीरमा समस्या पालेर बसेकाहरुले चिकित्सकहरु संग परामर्श लिन पाउँदा किनै प्रसन्न देखिए। केहिलाई मधुमेहको मात्र अत्याधिक देखिएपछि छिटोभन्दा छिटो सुविधा प्राप्त अस्पताल जान चिकित्सकहरुले सुझाव दिए। यी र यस्तै स्वास्थ्य शिविर दुर्गमका गाउँहरुमा पुग्दा लाग्थ्यो स्वास्थ्य कार्यालय र जनप्रतिनिधिहरु जनस्वास्थ्यमा सजग अनि सचेत छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार