गायक आस्मान लोप्चन सांगीतिक भ्रमणका लागि बेलायतको बिभिन्न शहरमा

गायक आस्मानको २८ र २९ तारेख दुई दिन सांगीतिक प्रस्तुति हुने

  जन्मभूमि संवाददाता

काठमाडौं
२८५९ औं ह्योई ल्हो सोनाम ल्होछारको अवसरमा Tamang Society Of UK को निमन्त्रणामा UK London पुगेका गयक आस्मान लोप्चन यति बेला बिभिन्न सहरमा सांगितिक कार्यक्रम गरिरहेका छन ।

मौलिक तामाङ सेलो खान्दोके सेलो बाट उदय भएका गायक आस्मान January 18 , 2023 यहि माघ ४ गते बेलयत प्रस्थान गरेका थिए । बेलायत पुग्ने बितिकै Tamang Society Of UK को Empire Banquet Hall , Aldershot मा Jan 21 मा भएको ल्होछार कार्यक्रममा पहिलो प्रस्तुति दिएका आस्मान यतिबेल बेलायतका तामाङहरुको प्रिय बनेका छन ।

`मकै त भुट्यो फुल उठ्यो, बल्लपो तामाङको हुल उठ्यो ´ खान्दोके सेलो गितले बेलायतमा रहेका तामाङलाई जुरुक्कै उठाएका आस्मनले पहिलो कार्यक्रमानै (600) छ सय भन्दा बढि दर्शकको माया पाएको Society का महा-सचिव मणि तामाङले जानकारि दिनुभयो । गायक आस्मानले बेलायत आए यता दुई वटा विभिन्न ठाउँमा भव्य सांगितिक प्रस्तुति गरिसकेका छन भने अझै दुई वटा कार्यक्रमहरु बाँकि रहेको छ । पहिलो कार्यक्रम Tamang Society Of UK को नै Aldershot मा भएको हो भने दोस्रो Tamang Ghedung UK को London Road, Reading मा भएको थियो ।

बाँकि कर्यक्रम भने यहि Jan 28 , 2023 माघ १४ गते शनिबार म्हेन्दोमाया परिवार युकेको फेल्थममा (Feltham) र तामाङ समाज युकेको को Jan 29,2023 माघ १५ गते ओएम्ब्लि (Wembley,London) मा हुनेछ । सम्पन्न भईसकका कार्यक्रममा उपस्थित भएका सबै दर्शकलाई बिशेष धन्यवाद दिदै गायक लोप्चनले बाँकि कार्यक्रममा सबैलाई उपस्थित हुन बिशेष अनुरोध समेत गरेका छन ।

एक महिना सम्म बेलायत सांगितक भ्रमणमा रहेका आस्मान लोप्चन फागुनको पहिलो हप्ता नेपाल आईपुग्ने छन  कार्यक्रमको पुरा विबरण-

Mhendo Maya Pariwar UK
Date – 2023 January 28 || Venue-Feltham Community College, Browells, Feltham TW13 7EF

Tamang Samaj UK
Date – 2023 January 29 || Venue- Oakington Manor Primary School , Oakington Manor Drive , HA9 6NF Wembley , London UK

भिडियो पनि हेर्नुहोस (बल्लपो तामाङको हुल उठ्यो )

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार