सार्वजनिक भयो ”भाइरल तासाई” को म्युजिक भिडियो

  जन्मभूमि संवाददाता

काठमाडौं
तामाङ सेलो “भाइरल तासाई” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। नायक बुद्ध थिङले अभिनय गरेको यस भिडियोमा नायिका अम्बिका तामाङ र चर्चित नायक कुमार मोक्तानलाई पनि देख्न सकिन्छ।

ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १० फेदी खोलाका नायक बुद्ध थिङ २०६५/०६६ साल तिर नृत्य संघ संस्थाहरुमा आबद्ध थियो।मेहेनती थिङले आफ्नो प्रस्तुति देखाउनको निम्ति धेरै स्टेजहरु पनि चड्थे।

उनको प्रस्तुति हरु धेरैले रुचाउने पनि गर्थे। यहि क्षेत्रमा अडिन्छु भन्दै अगाडी बढी रहेको थिङलाई बिचमा चलचित्रको केही प्रस्तावहरु पनि आए र चलचित्र तिर फड्को मार्न सुरु गरे। उनले तामाङ चलचित्र ” थुजेछे र ब्रेलसाङ” मा पनि अभिनय गरेका छन्।

आधा दर्जन बढी म्युजिक भिडियोहरुमा देखिसकेका थिङको भर्खरै सार्वजनिक भएको “भाइरल तासाई” को शब्द कुमार मोक्तान, संगित जोगलाल लामा, संगित संयोजक नोर्बु लामा र मिक्सङ दिपेश प्रधानले गरेको छ। गितको स्वर भने सुनिमा लो र प्रकाश लामाले भरेको छ।

गितको भिडियो तर्फ क्यामेरा जीवन बास्कोटा, सम्पादन अमृत चापागाइ र निर्देशन प्रतीक ङ्यासुरले गरेको छ।

भिडियो हेर्न ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार