बौद्ध नयाँ बस्ती! जेबा जेबा छामे तेन लादोला मोजमस्ती? भिडियो सार्वजनिक

  प्रीतम कुमार तामाङ

काठमाडौं
बौद्ध नयाँबस्ती क्षेत्रमा लुटपाट गर्दै राम्री राम्री तरुणीहरु संग मोजमस्ती गर्ने कथाबस्तुमा आधारित भएर सेलो गित बजारमा ल्याएको छ। हाँस्यकलाकार कुइसाङ रुम्बाको शब्द, गायक चोइस दोङ र गायिका सुमिना लोको स्वरमा सजिएको “बौद्ध नयाँबस्ती” गितको म्युजिक भिडियो डम्फु मिडियाबाट सार्वजनिक भएको छ।

शुक्रबार जोरपाटी स्थित सेनोर हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त गितको भिडियो रिलिज गरेका छन्। समाजका प्रबुद्ध व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम भएको छ। गितलाई डान्सिङ सेलोको रुपमा श्रोता दर्शकहरुले रुचाउने पक्का छ। पछिल्लो समय यस्तै गितहरु एकपछि अर्को गर्दै लिएर आएका चोइसले डान्सिङ नम्बरका सेलो गित ल्याउन निरन्तर लागिरहेको छ।

त्यस्तै भिडियोको मुख्य पात्र डम्फु मिडिया हाउसका सञ्चालक, तामाङ समुदायको चर्चित नायक अमिर दोङको निर्देशनमा भिडियो बनेको छ। बिक्रम मोक्तानले छायांकन एवं सम्पादन गरेको भिडियोमा एलिना रायमाझी, कुइसाङ रुम्बा, सञ्जीव गोले, विशाल दोङ, डिवि रुम्बा लगायतलाई देख्न सकिन्छ। गितको एरेन्जर जोगलाल लामा हुन् भनें मिक्सिङ दिपेश प्रधानले गरेको छ। सुस्मिता लामाले निर्माण गरेको भिडियोको कोरियोग्राफी राजकिङ वाइबाले गरेका छन्।

भिडियो हेर्न;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार