‘ल्हासाको दरबार’ सार्वजनिक

  जन्मभूमि संवाददाता

काठमाडौं
देवराज स्याङ्तानको शब्द रहेको सेलो गित ‘ल्हासाको दरबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गत शुक्रबार जोरपाटी स्थित म:म प्लाजामा पत्रकार सम्मेलन गरी सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतको स्वर अशोक तामाङ र ल्हामु शेर्पाको रहेको छ । संगीत अशोक तामाङ र संगीत संयोजन जोगलाल लामाले गरेका हुन् । काठमाडौं आसपास छायाँङ्कन गरिएको भिडियोमा अभ थापा मगर, सौरभ तामाङ, अरुण लामा, रोजिना मोक्तानले फिचरिङ गरेका छन् । दिपक लामाको निर्देशन र कोरियोग्राफरमा तयार पारिएको भिडियोको छायाङ्कन इदिप कुलुङ राई र ड्रोन भिडियो सुर्य लामाले गरेका हुन् ।
त्यस्तै टोक दाइ तामाङद्वारा निर्मित भिडियोको सह कोरियोग्राफर धोन्देन लामाको रहेका छन् । मौलिक शब्दमा रचित गीतमा मायापिरतीको गहिराईमा डुब्दै समाजको मुल्य मान्यतामा रही बन्धनमा बाँधिनुपर्ने सन्देश बोकेको छ ।
पत्रकार सम्मेलनमा बरिष्ठ अभिनेता रामचन्द्र अधिकारीले सङ्गीतको क्षेत्रमा जति भिडियोहरु सार्वजनिक भए त्यो खुशीको कुरा रहेको बताए । उनले भने,‘गीतले मौलिकता बोकेको छ। कलाकारहरुको कला उत्कृष्ठ प्रस्तुत गरिएको पाएँ ।’
सम्मेलनमा कलाकारहरुले भिडियोमा भएका कमीकमजोरीहरु हुन सक्छन्, त्यसलाई हेरेर प्रतिक्रिया दिनसमेत अनुरोध गरेका छन् ।

भिडियो हेर्न क्लिक गर्नुहोस्;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार