भोटेकोसीमा शैक्षिक बहस सुरु, १६५ शिक्षक सहित सयौंको सहभागीतामा शैक्षिक उत्प्रेरणा कार्यक्रम

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गाउँपालिका हो भोटेकोसी । भौगोलिक बनावटका कारण यहाँ धेरै दुर्गम बस्तीहरु छन् । धेरै विद्यार्थीहरु टाढाको अप्ठ्यारो बाटो छिचोल्दै घण्टौँको यात्रा तय गर्दै शिक्षा लिन बाध्य छन् । त्यस्तै शिक्षकहरुलाई समेत शैक्षिक तालीमको अभावले शैक्षिक गुणस्तरमा केही कमि देखिरहेको छ ।

सहभागी शिक्षक शिक्षिकाहरु

यसैलाई मध्यनजर गर्दै वडा नं. ४ स्थित भोटेकोसी कै नमुना झिर्पु माध्यमिक विद्यालयले एउटा शैक्षिक बहस संगै शिक्षक, अभिभावक र विद्यार्थी उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष आङ्छिरी शेर्पाको सभापतित्वमा उक्त कार्यक्रम आयोजना गरिएको हो । पहिलो चरणको कार्यक्रममा शनिबार गाउँपालिका भरीका माध्यमिक, निम्नमाध्यमिक र आधारभुत गरि २९ विद्यालयका शिक्षक शिक्षिकाहरु लाभान्वित भएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपाध्यक्ष दिछेन शेर्पा, विशेष अतिथिका रुपमा प्रशासकीय प्रमुख भद्रबहादुर बस्नेत उपस्थित कार्यक्रममा शिक्षा शाखा प्रमुख दिनेश कुमार श्रेष्ठ पनि सहभागी हुनुभएको थियो ।

साथै प्रशिक्षकको रुपमा भेनस कलेजका चिफ कृष्ण गौतम र सिटिएफका बद्री दाहालद्वारा सहाभागीहरुलाई प्रशिक्षित एवं उत्प्रेरित गराएका छन् । प्रशिक्षक गौतमले सिकाई विधिलाई कसरी प्रभावकारी बनाउने, विद्यार्थीको मनोविज्ञान कसरी बुझ्ने र उनिहरुको क्षमता अनुसारको शिकाई पद्धतिमा शिक्षकहरु कसरी जाने भन्ने विविध विषयमा करिब ९० मिनेट कक्षा सञ्चालन गर्नुभएको थियो । त्यस्तै दाहालले विद्यालय र स्थानीय सरकारले कसरी प्रभावकारी नीति एवं विधि अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण लिनुभएको थियो । उहाँले चुस्त दुरुस्त रुपमा शिक्षण विधि तय नगरे शैक्षिक स्तर सुध्रिन नसकिने बुझाइ राखे । उहाँहरुको प्रशिक्षणले ठूलो राहत मिलेको सहभागीहरुले बताए । कार्यक्रम पश्चात् सहभागीहरुमा छुट्टै किसिमको उर्जा झल्किरहेको थियो ।

प्रशिक्षक कृष्ण गौतम, भेनस कलेजका चिफ
प्रशिक्षक बद्री दाहाल, CTF

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शेर्पाले शैक्षिक सुधारका लागि गाउँपालिकाले विभिन्न नितिहरु अवलम्बन गर्दै बजेटको व्यवस्थापन गरेको बताउनुभयो । दिवा खाजामा समेत ५०% पालिकाले थप गरेर वितरण गरेको जनाईन् । अध्यक्ष पासाङ नोर्बु शेर्पाले पदबहाल गर्ने बेला प्रत्येक वडाका १० जना निम्न वर्गका विद्यार्थीहरुलाई नि:शुल्क पढाउने निर्णय कार्यान्वयन भैसकेको जानकारी समेत दिनुभयो । उपाध्यक्ष शेर्पाले थप्दै भन्नुभयो, “शिक्षकहरुले चाहेर अलि बढी मेहनत गरे भोटेकोसीको शैक्षिक अवस्य सुधार हुन्छ । त्यस्तै कार्यपालिकाले भर्खरै गाउँपालिका भित्रका एसईई पश्चात् कुनै विद्यार्थीले प्राविधिक शिक्षा लिन चाहेमा विशेष सहयोग गर्ने निर्णय गरेको छ, त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्नेछौं ।”

उपाध्यक्ष दिछेन शेर्पा

कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाले यो कार्यक्रम भोटेकोसीको शैक्षिक स्तर अघि बढाउन पहिलो खुड्किलो भएको बताए । शेर्पाले भन्नुभयो, “साँच्चिकै भोटेकोसीलाई सहि दिशामा लाने, बिकास गर्न काठमाडौंमा पढ्नेले नभै यहीँ झिर्पु लगायत पालिका भित्रकै अन्य विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुले नै गर्ने हो ।” उनले थप्दै भन्नुभयो, कम्तीमा मैले केही गरिन भनेंपनि मेरो कार्यकाल भित्र सिन्धुपाल्चोक जिल्लामा झिर्पु मा.वि. पनि छ है भन्ने प्रतिस्पर्धामा पुराउनेछु ।” शेर्पाका अनुसार दुर्गमका केही विद्यार्थीहरु शैक्षिक सामाग्री अभावमा समेत पढ्न नआउने गरेको समस्या देखिएकोले यस्ता केही विद्यार्थीलाई व्यक्तिगत रुपमा विद्यालय ल्याउन पहल समेत थालेको जनाउनुभयो । अन्तमा भोटेकोसीको शैक्षिक स्तर उकास्न व्यक्तिगत रुपमै पनि जस्तोसुकै कदम चाल्न तयार रहेको उनको भनाइ थियो ।

वि.व्य.स. अध्यक्ष आङछिरि शेर्पा, झिर्पु मा.वि.

पहिलो चरणको कार्यक्रम समापन पश्चात् उपस्थितहरुमा कुराकानी चलिरहेको देखिए । जहाँ अब भोटेकोसीमा शैक्षिक बहस सुरु भयो भन्ने जस्ता विषयमा एकआपसमा छलफल चलिरहेको थियो । यसलाई मध्यनजर गर्दा साँच्चै शनिबारको कार्यक्रम भोटेकोसीको शैक्षिक स्तर सुधारका लागि कोशेढुंगा सावित हुने देखिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार