जम्बुलिङ इन्टरनेसनल अवार्डको उत्कृष्ट गायकको उपाधी खान्दोकेबाट आस्मान लोप्चनलाई

खान्दोके सेलोको प्रतिनिधित्व गर्दै आस्मानले जम्बुलिङ इन्टरनेसनल अवार्डको उत्कृष्ट गायकको उपाधी हाँसिल गरेका हुन् ।

  प्रीतम कुमार तामाङ

काठमाडौं
“श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन” नाराका साथ जम्बुलिङ इन्टरनेसनल अवार्ड २०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ ।

जम्बुलिङ फिल्मस प्रा.लि. ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम गत अगस्ट ५ तारिख अर्थात २०७९ साउनको २० गते शुक्रबारको दिन भएको हो । उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न बिधामा अवार्ड प्रदान गरि श्रष्टालाई सम्मान समेत गरिएको थियो ।

सम्पन्न अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट बिशिस्ट ब्यक्तित्व साथै नेपालबाट आएका कलाकारहरुको उल्लेख्य सहभागिता जनाएको थियो । साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघसंस्थाको पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

जम्बुलिङ फिल्मस प्रा. लि.का प्रबन्ध निर्देशक राज किङ वाईबाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुड फर फ्रेण्डस्का संस्थापक डा. भिम लाल तामाङ, बिशेष अतिथिमा एनआरएनय मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा र बिशेष अतिथिका रुपमा नेपाल तामाङ घेदुङ मलेसियका उपाध्यक्ष बिक्रम वाईबा तामाङ हुनुहुन्थ्यो ।

कार्यक्रममा अवार्ड वितरण संगै स्रष्टालाई सम्मान गर्दै नेपाली कलाकारिता जगतका बरिष्ठ हांस्य कलाकार उत्तम केसी (चुई चुई पारेर) लाई लाईफ टाईम अचिब्मेन्ट अवार्ड प्रदान गरिएको छ भने उत्कृष्ट सामाजसेवीको अवार्ड डा. भिम लाल तामाङले पाउनु भएको छ ।

जम्बुलिङ इन्टरनेसनल अवार्ड २०२२ उत्कृष्ट गायक खान्दोके सेलोलाई प्रतिनिधित्व गर्दै आस्मान लोप्चनले हात पारे ।

जम्बुलिङ ईटरनेस्नल अवार्ड २०२२ को उत्कृष्ट सेलो गायकको अवार्ड बल्लपो तामाङको हुल उठ्यो बोलको खान्दोके सेलो गित बाट गायक आस्मान लोप्चनले अवार्ड जितेका छन् । यस विधाका लागि उत्कृष्ट ५ मा परेका गितहरुमा गायक जिवन बोम्जनको (गित मायाला चिनो), बैरागि मोक्तानको (गित सालि त भेना) र मदन ग्लानको (गित पुर्व सिलिङलिङ) मध्येबाट आस्मान लोप्चनले उत्कृष्ट सेलो गायकको अवार्ड जितेको हो । स्रोता दर्शकबाट राम्रो भोट र जुरि निर्णायक बाट राम्रो नम्बर ल्याउन सफल गितको गायक आस्मान लोप्चनको उक्त बल्लपो तामाङको हुउ उठ्यो बोलको गित धेरै दर्शक श्रोताले रुचाएको गित हो ।

त्यस्तै उत्कृष्ट नाधिङ भाकाको गायकको अवार्ड प्रदिप लामाले ले पाएका छन् । उनले “याङ्सारि माया” बोलको गित बाट उक्त अवार्ड जितेको हो । राम्रो गायन क्षमता भएको गायक प्रदिप लामाले धेरै गितहरु गाईसकेका छन् । त्यस्तै अवार्ड पाउनेहरुमा उत्कृष्ट म्हेन्दोमाया गायीकाको अवार्ड रमला पाख्रीनलेले, उत्कृष्ट म्हेन्दोमाया नव गायीकाको अवार्ड लक्ष्मी तामाङलेले , उत्कृष्ट दोहोरि गायीकाको जुरि अवार्ड अन्जु गौतमलेले, उत्कृष्ट दोहोरि नव गायीकाको अवार्ड गंगा गौतमलेले, उत्कृष्ट मोडल आधुनिक गितको अवार्ड आशामान तामाङ वाईबालेले, उत्कृष्ट चरित्र अभिनयको अवार्ड अनिता तामाङ (नेगि) ले, उत्कृष्ट तामाङ सेलो नव गायीकाको अवार्ड सबिता तामाङलेले, उत्कृष्ट म्हेन्दोमाया नव मोडलको अवार्ड ममता गुरुङ तामाङलेलेले, उत्कृष्ट नव पप गायकको अवार्ड दावा लामालेले, उत्कृष्ट म्हेन्दोमाया गायिका इन्करेजमेन्ट अवार्ड शान्ति माम्बालेले, उत्कृष्ट म्हेन्दोमाया गायक जुरी अवार्ड सौराम तामाङलेले, उत्कृष्ट लोकदोहोरि मोडल इन्करेजमेन्ट अवार्ड ज्योति खड्कालेलेले, उत्कृष्ट भजन गितका मोडल अवार्ड याम ब. अधिकारिले, ब. अधिकारिले, र मर्नेन वाईबा , कान्छा लामा , काले तामाङलाईलाई पनि इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको छ । सिंगापुरमा ब्यानर खोलेर सुरुवात गरेको कार्यक्रम विभिन्न विधामा अवार्ड दिदै श्रष्टालाई सम्मान गर्दै मलेसियामा सम्पन्न भएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार