जुगल ४ प्युरगाङ (घुङा) मा यहि माघ २९ गते सोनाम ल्होछार सांस्कृतिक तथा प्रवचन हुने

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, जुगल
जुगलको वडा नं. ४ स्थित प्युरगाङ (घुङा) मा यहि माघ २९ गते धार्मिक प्रवचन तथा सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । “एक घर एक डम्फु, प्रत्येक घरघरमा लुङ्दर दार्ज्यु” भन्ने नाराका साथ त्रीरत्न युवा समाजले सो कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

२८ गते धार्मिक पुजा कार्यक्रम र २९ गते कार्यक्रमको मुल समारोह हुने आयोजकले जनाएका छन् । कार्यक्रमको प्रमुख अतिथी एवं धार्मिक प्रवचनका लागि फुछ्युङ्वा रिन्पोछे उपस्थित हुनेछन् । त्यस्तै सांस्कृतिक कार्यक्रमका लागि ख्याती प्राप्त कलाकारहरु अमृत लामा, जितु लोप्चन, जेबि जिम्बा, पुजा लामा, इश्वर लामा, सुनिता दोङ, मोनिका लामा र बिनिशा लामाको विशेष प्रस्तुति रहनेछन् ।

कार्यक्रमको सह-आयोजकको रुपमा नेपाल तामाङ घेदुङ जुगल गाउँ पालिका र आदिवासी जनजाति महासंघ जुगल रहेको छ । कार्यक्रममा तामाङ मौलिकता झल्कने बोन्बो नाच, तामाङ खान्दोके जुहारीको समेत बिशेष प्रस्तुति रहने भएकोले सम्पुर्ण गाउँ बासी एवं जुगल बासीमा आयोजकले निमन्त्रणा गरेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार