युगपुरुष दावाफिन्जो तामाङको भेंडीगोठ देखि राष्ट्रिय पञ्चायत सम्मको जिवनी विमोचन

  जन्मभूमि संवाददाता

काठमाडौं
युगपुरुष दावाफिन्जो तामाङको भेंडीगोठ देखि राष्ट्रिय पञ्चायत सम्मको जिवनी विमोचन भएको छ । ताम्सालिङ नलेज सेन्टरद्वारा प्रकाशित पुस्तक विमोचन भएको हो । लामा गुरु काल्साङ रिन्पोछेको प्रमुख आतिथ्यमा काठमाडौँ सुकेधारा स्थित युनिभर्सल क्याफेमा आयोजित कार्यक्रम माझ पुस्तक विमोचन भएको हो ।

विमोचित पुस्तकमाथि डा. गणेश योञ्जन, डा. मुक्तसिंह तामाङ, भाषाविद् अमृत योन्जन-तामाङ साथै नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष एवं लेखक मोहन गोलेले समीक्षात्मक टिप्पणी राखेका थिए । कार्यक्रममा डा. योञ्जनले पुस्तकमा धेरै राम्रोसँग विषय समाविष्ट गरिएको तर राष्ट्रिय निकुञ्जको स्थापनापछि स्थानीयले भोग्नुपरेको पीडाको पाटो पनि संलग्न गरिएको भए उत्कृष्ट हुने बताए । मानवशास्त्री डा. मुक्तसिंह लामाले पुस्तकमा दावाफिन्जोको राजनीतिक जीवनका साथै सामाजिक-सांस्कृतिक जीवन पनि समाविष्ट गरिनु पुस्तकको सबल पक्ष रहेको बताए ।

भाषाविद् अमृत योन्जन-तामाङ पुस्तक लेखनदेखि साजसज्जा सबै हिसाबले राम्रो रहनुका साथै यसरी तामाङ प्रतिभालाई खोज्ने र तिनका जीवनी प्रकाशन सुरु गरिएकोमा प्रकाशक ताम्सालिङ नलेज सेन्टरलाई निरन्तरताको लागि शुभकामना समेत दिए । लेखक मोहन गोलेले पनि पुस्तक राम्रो रहेको बताए ।

कार्यक्रममा दावाफिन्जो तामाङ तथा उनकी धर्मपत्नीप्रति उनका मितछोरा लिलाबहादुर श्रेष्ठ (हाल अमेरिका)को तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तैगरी प्रकाशक ताम्सालिङ नलेज सेन्टरका प्रबन्ध निर्देशक दावादोर्जे लामा, मोहन गोले तथा लेखकद्वय खोजराज गोले र पेमा मोक्तान तामाङलाई पनि दावाफिञ्जो तामाङका परिवारजनका तर्फबाट खादासहित सम्मान गरिएको थियो ।

विभिन्न आठ खण्डहरू तथा छ वटा परिशिष्टहरूसहितको पुस्तक चार सय पेजको रहेको छ । पुस्तकमा दावाफिन्जो तामाङको बाल्यकाल, किशोरावस्था, राजनीतिक जीवन, विकास योजना तर्जुमा शिकारको अनुभव, सामाजिक सांस्कृतिक जीवन साथै विविध अनुभूतिहरू संलग्न गरिएका छन् । पुस्तकमा भाषाविद् अमृत योन्जन-तामाङ, अधिवक्ता फुर्पा तामाङ साथै लिलाबहादुर श्रेष्ठका मन्तव्य समाविष्ट छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार