मंसिर २४ र २५ गते तामाङ मौलिक सेलो महोत्सवमा किन जाने ?

मनोरञ्जन संगै तामाङ मौलिक सेलोको ज्ञान लिन २४ र २५ गते हायत ग्राउन्ड जाऔं

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल तामाङ कलाकार संघले यहि मंसिर २४ र २५ गते गर्ने दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सवको भव्य तयारी गरिसकेका छन् । होटल हायत चुच्चेपाटीको ग्राउन्डमा गरिने कार्यक्रम यो वर्ष विशेष हुने संघले यस अघि नै जनाइसकेको छ । बिशेष यस कारणकि दोश्रो महोत्सवमा तामाङ भाषाको मौलिक गित संगितहरुलाई मात्र स्थान दिनेछ । साथै तामाङ सेलो संग सम्बन्धित ताम्बा ठिम र बाजाको बारेमा तामाङ समाजका प्रबुद्ध व्यक्तित्वहरुको छलफल बहस समेत चलाउने तयारी गरेको छ ।

तसर्थ, तामाङ संस्कार, संस्कृति, भाषा अनि संगितको बारेमा नजिकबाट बुझ्न चहानेहरुका लागि यो महोत्सव एउटा कोशे ढुंगा सावित हुनेछ्न् । मनोरञ्जन संगै ज्ञान हासिल गर्ने थलोको रुपमा यो महोत्सवले विशेष महत्व राख्ने पक्का छ । यति मात्र नभै महोत्सवमा चर्चित तामाङ कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछन् । त्यसैले पनि यो महोत्सव लाई नछुटाउन सबैमा आयोजक तामाङ कलाकार संघले आग्रह एवं निमन्त्रणा गरेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार