सभापति बानियाँको पहलमा ११० विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री

सिन्धुपाल्चोक
नेपाली कांग्रेस सिन्धु-काठमाडौं सम्पर्क समिति निर्वाचन क्षेत्र नम्बर २ का सभापति उद्धव बानियाँको विशेष पहलमा विद्यार्थीहरुलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरिएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर २ मा रहेको महेन्द्र माविमा अध्ययनरत ११० विद्यार्थीलाई शैक्षिक अनि स्वास्थ्य सामग्री उपलब्ध गर्नुभएको हो ।

शिशु कक्षा देखि ५ कक्षा सम्मका प्रति बिद्यार्थी एक झोला र सो भित्र स्वास्थ सामाग्री मन्जन, ब्रस, माक्स, सेनिटाइजर, रुमाल सहित शैक्षिक सामग्री कपि, पेन्सिल, कलम ड्रोइङ पेपर, ज्यामिति बक्स आदि सामग्रीहरु वितरण गरेको सभापति बानियाँले बताउनुभयो ।

जिल्लाभर को स्कुलमा पठनपाठन मा अत्यावश्यक सामग्री निरन्तर बितरण गर्ने सभापति बानियाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सो कार्यक्रममा फाउन्डेसनका फिल्ड कोअर्डिनेटर सुरेश प्याकुरेल, शिव सुनार, सोम लामा, मदन राज गिरि, मोहन गिरि, श्याम शुभम गिरि, देब प्रसाद बानियाँ को सहभागी थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार