चर्चित गायक जीवन बोम्जनको नादिङ “उकाली चड्दा” भिडियो सहित बजारमा

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ सेलो अनि नादिङ गितहरु मार्फत श्रोता दर्शक माझ  चर्चा कमाएका गायक एवं शब्दकार जीवन बोम्जनको बिल्कुलै नयाँ नदिङ “उकाली चड्दा” यति बेला भिडियो सहित सार्वजनिक भएको छ । गित संगै शब्द लेखनमा विशेष दख्खल भएका बोम्जन निरन्तर सांगीतिक क्षेत्रमै हुनुहुन्छ ।

उनको यस अघि चर्चा छाउन सफल गितहरुमा ए होई साईली, सैलुङ मेला, ज्यान कान्छी, आङीकि छोरी, डम्फु है डम्फुले, शैलुङ कि मैच्याङ लगायत छन् ।

बोम्जनकै शब्द, संगित अनि स्वरमा सझिएको यस गितमा स्वरमा ओङ्मु लामा शेर्पाले साथ दिएकी छिन । जोगलाल लामाको एरेन्जमा बिजय मास्केले मिक्सिङ गरेका छन् । त्यस्तै भिडियो तर्फ निर्देशन समेत बोम्जन आफैंले गरेका हुन् । भिडियोको छायांकन सेन्से पेमा, सम्पादनमा रोशन फ्युबा कोरियोग्राफीमा सरिस्मा तामाङले गरेका हुन् ।

यस भिडियोमा कर्म शेर्पा, सरिस्मा तामाङ, लाक्पा डोमा शेर्पा र पेमा ल्हामु शेर्पाको अभिनय देख्न सकिनेछ । भिडियोलाई उनले आफ्नै युट्युब च्यानल जीवन बोम्जन अफिसियल च्यानलमा अपलोड गरिएको छ ।  भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार