रिन्पोछेहरुद्वारा हेलम्बु बाढी पीडितका लागि ८० बण्डल जस्तापाता सहयोग

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक हेलम्बुका बाढि पीडितका लागि अस्थायी बसोबास निर्माण गर्न पुज्यनिय दुई लामा गुरु रिन्पोछेहरुद्वारा ८० बण्डल अर्थात ९०० थान जस्तापाता सहयोग गरेको छ । सामये बुद्धिष्ट बिहारका संस्थापक परम पुज्यनिय गुरुदेव गेशे साङ्बो रिन्पोछे र श्रदेय खाडो पेमा छोडेन रिन्पोछेद्वारा सो सामाग्री उपलब्ध गराउनुभएको हो ।

गत असार १ गते भिषण बाढिका कारण हेलम्बुमा ठूलो जनधनको क्षति पुग्न गएकोले धेरै विस्थापित हुन पुगेकोले धर्मकर्म मात्र नभै मानवीय हिसाबले पनि केही राहत पुगोस् भन्ने उद्देश्यका साथ जस्तापाता वितरण गरिएको रिन्पोछेद्वयले बताउनुभयो । उहाँहरु सो सामाग्री हेलम्बु गाउँ पालिका प्रमुख तथा सम्बन्धीत व्यक्तिहरु मार्फत हस्तान्तरण गर्नुभएको हो ।

रिन्पोछेहरुद्वारा प्राप्त जस्तापाता विस्थापित पीडितहरुको अस्थायी आवास निर्माणमा प्रयोग गरिने न्युराईजिङ युवा क्लबका अध्यक्ष सुनिल दोङले जन्मभुमि पोष्टलाई जानकारी दिनुभयो । अरु दाताहरुबाट पनि आवास निर्माणका लागि आवश्यक सामाग्रीहरु प्राप्त हुने क्रम जारी रहेकोले एकद्वार प्रणाली मार्फत सबै पीडितहरुलाई समान रुपले वितरण गरिने दोङले बताउनुभयो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार