लिदि पीडितका लागि अस्थायी आवास बन्दै, अपुग ट्रस र जस्ता सहयोग गर्न दाताहरुमा अपिल

सिन्धुपाल्चोक
गत वर्ष लिदिमा गएको भीषण पहिरोका कारण विस्थापित लिदि बासी अस्थायी रुपमा बसोबास गर्दै आएको बाँसखर्कामा ट्रस र जस्ताको आश्रयस्थल निर्माणको काम सुरु भएको छ । पहिरो प्रभावित ३० घरपरिवारका लागि ट्रस र जस्ताको छानो लगाउने काम भैरहेको वडा अध्यक्ष प्रताप लामाले जन्मभूमि पोष्टलाई बताउनुभयो । लामाका अनुसार अहिले तत्कालका लागि अति पीडित परिवारका लागि आश्रय स्थल बनाईरहेको र बाँकी विस्थापितलाई ट्रस र जस्ता अपुग भएको दुखेसो पोख्नुभयो । अपुग सामाग्रीका लागि सहयोगी दाताहरुमा अपिल समेत गर्नुहुन्छ । अध्यक्ष लामा आफैं पनि निरन्तर अस्थायी आवास निर्माण स्थलमा खटिरहनुभएको छ ।

अध्यक्ष लामाका अनुसार अस्थायी आश्रय निर्माणका लागि अब आवश्यक सामाग्रीहरुमा फलामे ट्रस १३१७० केजी, जस्ता पाता ०.३३ एमएम १५ बण्डल, सिमेन्ट : १५५ बोरा, गिटी ६ ट्रिप, बालुवा ६ ट्रिप, ढुवानी ४  पटक, इन्धन ७०० लि., खाजा खर्च १६ दिन ५० जनाका लागि, स्काभेटर १५ घण्टा, र जनशक्ति नेपाली सेना निरन्तर लाग्नु लाग्नुपर्ने बताउनुभयो ।

हाल सम्ममा जुगल गाउपालिकाले गरेको खर्च र सहयोगको विवरण यस्तो छ । श्रोत जुगल गाउँ पालिकाको अफिसियल पेजबाट;

१. फलाम ट्रस खरिद :१४०७० केजी  रु. १८,१५,२९४।१५
२. जस्ता पाता ०.३३ एमएम
३. सिमेन्ट : ४० बोरा रु ३०४००
४. गिटी : ४ ट्रिप रु. ७४०००।००
५ बालुवा : ४ ट्रिप रु. ८००००।००
५. इन्धन : रु. ४००००।००
६. जेनेरेटर : २ थान नेपाल रेडक्रस सोसाइटी र जनहित ग्रामिण सेवा समिति लगाएतको सहयोग
७. ढुवानी : रु. ८००००।००
८. खाजा खर्च : ४००००।००
९. टुल्स : रु.१०५०००।००
१०. जनशक्ति : नेपाली सेना
११. स्काभेटर : ४०५००।००
जुगल गाउँपालिकाको खर्च : २६ लाख ५ हजार ४ सय ९४ रुपैंया   (७१% )

सहयोग प्राप्त
१. फलाम ट्रस : ९०८ केजी रु १,२३,४८८।०० (क्रिकेटर सन्दिप लामिछाने)
२. जस्ता पाता
-०.३३ एमएम २५ बण्डल रु. ३७१६१३।०० (क्रिकेटर सन्दिप लामिछाने)
-०.३७ एमएम जस्ता ५५ बण्डल रु.७,०४८२५  (जिल्ला विपद व्यवस्थापन समिति मार्फत प्राप्त)
३. सिमेन्ट : ३० बोरा रु. २२८००।०० (सिएस आरसीबाट प्राप्त )
जम्मा सहयोग प्राप्त : १० लाख ७६ हजार ४ सय ३८ रुपैया मूल्य बराबरको (२९%)

हाल सम्मको जम्मा खर्च : ३६ लाख ८१ हजार ९ सय ३२ रुपैंया

सहयोग प्राप्तिका क्रममा रहेको
CARE Nepal/CSRC ६७ बण्डल जस्ता पाता

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार