बलेफी ८ का अति विपन्न ९५ परिवार खाद्यान्न सहयोग पाएपछि हर्षित

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ८ मा ९५ अति विपन्न घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । स्थानीय युवा नेताहरुद्वारा लाखौंको खाद्यान्न सहयोग गरेका हुन् । यसै वडाका नेपाली काँग्रेस ईकाई कोषाध्यक्ष लालकाजी तामाङको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो । चामल, दाल, नुन, तेल लगायतको खाद्यान्न सहयोगका लागि कोषाध्यक्ष तामाङ सहित इकाई उपसभापति सुभास तिमल्सिना, तरुण बिभाग सदस्य पासाङनोर्बु शेर्पा, सनिल पुरी र चम्पक कार्कीको व्यक्तिगत रुपमा आर्थिक जम्मा बताए ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्नुपर्ने अति विपन्न परिवार खाद्यान्न सहयोग गरेको सहयोगी लालकाजी तामाङले बताए । यो क्रमलाई अझै निरन्तरता दिने उनले बताए । यस पल्ट परि गाउँ, सौरा, धिर्जेमा   बाँडिएको र अन्य स्थानमा मंगलबार बाँड्ने कार्यक्रम रहेको उनले जानकारी दिए । कार्यक्रममा महिला नेत्री सानुमाया तामाङको पनि बिशेष उपस्थिति रहेको थियो । तामाङ कोभिडको सुरुवात देखिनै लगातार समस्यामा परेको जनताहरुको घरदैलोमा पुगिरहनुबएको छ ।

बलेफी पालिका भित्र यस अघि पनि पुर्व मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा कोभिड १९ रोकथामका सामाग्रीहरु बाँड्ने काम भैरहेको नेत्री सानुमाया तामाङले बताए । यति मात्र नभै नेपाली काँग्रेस क्षेत्रीय उपसभापति रामकुमार तामाङको नेतृत्वमा बलेफी पालिका काँग्रेसजनको संयुक्त प्रयासमा कोभिड सहयोग कोष खडा गरि यसबाट प्रत्यक्ष असर परेका अति विपन्न परिवारलाई पटकपटक आर्थिक एवं खाद्यान्न सहयोग गर्दै आएको छ ।”

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार