पक्षघातका बिरामीहरुलाई काँधमा चामल बोक्दै घरघरमै पुगे उपसभापति तामाङ

  प्रीतम कुमार तामाङ

काठमाडौं
दुखी जनताहरुको सारथी, युवाहरुको ढुकढुकी, नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति एवं बलेफी गाउँ पालिका प्रत्यासी उम्मेदवार रामकुमार तामाङ खाद्यान्न र नगद राहत लिएर बलेफी १ साङ्बोटेका २ पक्षघात बिरामीको घरमै पुगेर सहयोग गर्नुभएको छ । बिगत २५ दिन देखि अचानक बिरामी परेर आर्थिक अभावका कारण उपचार गर्न गाह्रो भएपछि घरमै उपचार गराईरहेका पदम बहादुर श्रेष्ठ र सुर्य बहादुर श्रेष्ठलाई क्रमशः १० हजार र ५ हजार नगद सहित खाद्यान्न वितरण गरिएको हो ।

“पहिले जनताको स्वास्थ्य, अनि राजनीति” भन्ने मुल भावना बोकेर जनताको सेवाका लागि पुर्व मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा
महिला नेत्री सर्मिता घिमिरे खड्काको सकृयतामा सो सहयोग गरिएको युवा नेता रामकुमार तामाङले बताउनुभयो ।

यस्तो विषम परिस्थितिमा घरमै राहत उपलब्ध भएपछि भावुक हुँदै पीडित परिवारले सहयोगी मनहरु प्रती धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपाली काँग्रेस बलेफीले कोभिड १९ को दोस्रो लहर सँगै पालिकाबासीलाई उपचारको समस्या पर्न सक्ने भन्दै करिब १ लाख ३५ हजार नगद संकलन गरि नगद तथा खाद्यान्न सहयोग निरन्तर गर्दै आएको छ । जस अनुरुप बलेफी ३ कि कोरोना पोजेटिभ ८ वर्षे बालिकाको उपचारका लागि २० हजार र किरियाको लागि तामाङ स्वयमले व्यक्तिगत रुपमा १५ हजार, वडा नं. ७ मा कोभिडका कारण ज्यान गुमाएका नेपाली परिवारलाई नगद सहयोग गरिसकेका छन् । साथै कोरोनाका बिरामीहरुलाई घरघरमै पुगेर पौष्टिक आहार समेत वितरण गरिरहेको महिला नेत्री खड्काले बताउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार