कोभिड रोकथामका लागि भोटेकोशी सरोकार मञ्च कोभिड सहायता समूह स्थापना

यस सरोकार मञ्चले कोरोना रोकथाममा उदाहरणीय कार्य गरेका छन् ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको भोटेकोशी गाउँ पालिकाका
बुद्धिजीवी , विभिन्न संघ संस्था, युवा क्लब, राजनीतिक दल, स्थानीय सरकार लगायत विभिन्न ब्यक्तिहरुले उदाहरणीय कार्य गरेका छन् । उहाँहरुको छलफलबाट भोटेकोशी सरोकार मञ्च कोभिड सहायता समूह स्थापना गरेका छन् । गत बैशाख ३१ गते बसेको जुम मिटिङबाट साङ्गे लामाको संयोजकत्वमा सो समूह बनाएका हुन् ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसबाट सर्वसाधारण जनताहरुलाई जोगाउने मुख्य उद्देश्य लिएर यो समुहको स्थापना भएको संयोजक लामाले जानकारी दिनुभयो ।
यस मञ्चले विभिन्न टोल र वडाहरुमा पहिलो काम स्वरुप हेल्थ डेस्क स्थापना गर्ने, आइसोलेसन राख्न समन्वय को भुमिका निर्वाह गर्ने, जनचेतनामूलक सन्देश दिने, कोरोना सम्बन्धि सबैलाइ सचेतना फैलाउने, स्वास्थ सामग्रीहरु वितरण गर्ने, संक्रमितलाई हौसला प्रदान गर्ने, औषधि उपचारमा समन्वय गर्ने जस्ता कार्यहरु गरिरहेका छन ।

यसै सन्दर्भमा यस मञ्चलाई विभिन्न मनकारी दानी व्यक्तित्वहरुबाट सहयोग प्राप्त भैरहेको मञ्चका सुचना विभाग सह-संयोजक फुर्णिमा शेर्पाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । यस मञ्चले पहिलाे चरणमा आज जनचेतना फैलाउने कार्य संगसंगै र आवश्यक स्वास्थ्य सामग्री ५ वटै वडालाई बराबर वितरण गरिएको शेर्पाले बताए ।

प्रत्येक वडालाई मास्क-२००० थान, सेनिटाईजर-१५ लिटर, अक्सी मिटर-३ थान, पि पि ई-१० थान, साबुन-२० थान, फेस शिल्ड-५० थान, ब्यानर प्रचार सामाग्री, N ९५ मास्क-२० थानका दरले वडाका प्रतिनिधिहरु मार्फत वितरण गरिएको हो ।

त्यस्तै सशस्त्र प्रहरी बेस लार्चालाई फेस शिल्ड-२० थान, सेनिटाईजर -५ लिटर, अक्सी मिटर- १ थान, पि पि ई-२ थान, मास्क-२०० थान, वडा नं.५ अध्यक्ष/सचिब मार्फत- फेस शिल्ड-२० थान, १० किलो चेक प्वाईन्ट (जनपद प्रहरी) साबुन-१० थान, फेस शिल्ड-२० थान, सशस्त्र प्रहरी लिपिङ साबुन-५ फेसशिल्ड-५ थान, चाकु हेल्थ डेस्कलाई फेसशिल्ड १० थान, तातोपानी हेल्थ डेस्कलाई फेसशिल्ड २० थान, साबुन-१० थान, सेनिटाईजर सानो २४ पिस, १० किलो प्रहरी चेक पोष्टलाई १०० पिस माक्स, २० पिस फेसशिल्ड, ६ पिस साबुन र ५ पिस स्यानिटाईजर समेत हस्तान्तरण गरिएको छ ।

भोटेकोशी सरोकार मञ्चको तर्फबाट यस अभियान लाई सहयोग गर्नु हुने, साथ दिनु हुने र सल्लाह सुझाव दिनु हुने सबैलाइ नमन अनि धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै सम्पुर्ण भोटेकोशीका जनसमुदायलाई कोभिडबाट त्रसित नभै संयमता अपनाई कुनै पनि गाह्रो अप्ठ्यारो परेको खण्डमा वडाका प्रतिनिधि मार्फत सहयोग लिन समेत आग्रह गरिएको छ । त्यस्तै यस्तो कार्य यस मञ्चले कोरोना निर्मुल नभए सम्म निरन्तर जारी राख्ने जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार