बलेफीको ८ वटै वडालाई काँग्रेस युवा नेताहरुद्वारा स्वास्थ्य सामाग्री तथा औषधि वितरण

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेस बलेफी गाउँ पालिका प्रत्यासी उम्मेदवार एवं सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय उपसभापति रामकुमार तामाङको बिशेष पहलमा युवा नेता राम लामा, तरुण दल नेता नीर कुमार लामा (फापाङ), हरिषचन्द्र खड्का, रामचन्द्र थापा, अमृत अधिकारी, नेत्री सरु खड्का, लालकाजी तामाङ लगायतको उपस्थितिमा ८ वटै वडाको लागि मास्क वितरण गरिएको छ । प्रत्येक वडाको लागि ३ हजारको दरले बलेफी गाउँ पालिका भित्र महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणलाई रोकथाम गर्ने उद्देश्यका साथ वडाका प्रतिनिधिहरु मार्फत हस्तान्तरण गरिएको हो ।

युवा नेता तामाङले जन्मभूमि पोष्टलाई दिएको जानकारी अनुसार हाल गाउँमा कोभिड संक्रमण अत्याधिक फैलिरहेको कारण गाउँ गाउँमा जान प्रतिकुल रहेकोले अहिलेलाई सबै वडाको प्रतिनिधि मार्फत हस्तान्तरण गरिएको बताए । अहिलेलाई तत्कालको लागि मास्क उपलब्ध गरिएको र सुरक्षा निकायलाई फेस भाइजर, सेनिटाइजर वितरण गरिएको बताउनुभयो । त्यस्तै पालिका भित्रको स्वास्थ्य संस्थाको लागि करिब ४५ हजार बराबरको विभिन्न औषधि समेत खरिद गरि ल्याएकोले त्यसलाई पनि वितरण गरिने उहाँले सुनाए ।

“यो दोश्रो चरणको महामारीमा कोरोना पिडित परिवारहरुलाई आवश्यक परेको खण्डमा खाद्यान्न तयारी अवस्थामा राखिएको छ । अझै आइपर्न सक्ने जोखिमको लागि हामीले सक्ने सहयोगको लागि टिममा छलफल गरेर तयारीको लागि जुटिरहेको छौं” तामाङको भनाइ थियो । साथै अब बलेफी पालिका भित्र खोलिने आइसोलेसनको लागि आवश्यक खाद्यान्न पनि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले यो सामाग्री जुटाउनका लागि बिशेष सहयोग गर्नुभएका पुर्व मन्त्री एवं नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतलाई विशेष धन्यवाद ज्ञापन गराउँदै यस अभियानमा साथ दिनुहुने सम्पुर्ण वडाका प्रत्यासी उम्मेदवारहरु, रितेस लामा, छिरिङ लामा, ज्ञान बहादुर लामा लगायतलाई आभार प्रकट गराउनुभयो । यो महामारी विरुद्ध लड्न उहाँहरुबाट हरेक साथ सहयोगको अपेक्षा गरिएको बताए । 

त्यस्तै युवा नेता राम लामाले बलेफी पालिका भित्रको कोरोनाबाट पिडितहरुका लागि पुर्व मन्त्री बस्नेतद्वारा तत्काल अक्सिजन सहितको कोरोना उपचार केन्द्र तयार भैरहेकोले बलेफीका जनता मात्र नभै सम्पुर्ण सिन्धुवासी कोहि पनि आत्तिनुपर्ने अवस्था नरहेको धारणा राख्नुभयो । साथै ह्याम्स अस्पतालका अध्यक्ष एवं सिन्धु सदावहार अस्पतालका कार्याकारी निर्देशक आर.एस भण्डारीबाट ८ हजार पिस मास्क उपलब्ध गराउनुभएकोले सम्पुर्ण बलेफी गाउँ पालिकाको जनताबाट बिशेष आभार तथा धन्यवाद ज्ञापन गराउनुभयो ।

मास्क पाएपछि स्थानीय युवा नेता अमृत अधिकारीले सबैलाई धन्यवाद ज्ञापन दिँदै उपलब्ध मास्कले गाउँमा व्यापक फैलिरहेको कोरोनाबाट त्रसित स्थानीय जनताजहरुमा राहत हुने बताए । साथै वडा नं. ३ का ईकाई सचीव हिरा तामाङले गाउँमा कोरोना प्रतिरोधी मास्क नभएकोले धेरै जसोमा यो भाइरस फैलिएकोले उपलब्ध मास्कलाई तत्काल घरघरमा पुग्ने गरि वितरण गरिने बताउनुभयो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार