युवा नेता तामाङद्वारा बलेफी गा.पा. भित्रको आईसोलेसन, सुरक्षा निकाय र विपन्न वर्गलाई खाद्यान्न तथा कोरोना प्रतिरोधी सामाग्री वितरण गरिने

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
“जनता रहे राजनिति” भन्ने मुल नाराका साथ बलेफि गाउँपालिका प्रत्यासी उम्मेदवार एवं नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय उपसभापति रामकुमार तामाङले कोरोना प्रतिरोधी सामाग्री वितरण गरिने भएको छ । कोभिड १९ को संक्रमण बलेफी गाउँ पालिका भित्र पनि तिब्र रुपमा फैलिरहेको बेला तामाङले पालिका भित्र स्थापित आइसोलेसन, सुरक्षा निकाय र अति विपन्न वर्गका परिवारलाई सेनिटाइजर, मास्क, खाद्यान्न लगायत वितरण गरिने बताउनुभएको छ ।

कोरोना कहरको बेलामा जनताको जिवन ठूलो कुरा भएकोले सबै एक भएर यसको लागि लड्नु आवश्यक रहेको उहाँको भनाइ छ । यहि १० गते देखि पालिका भित्रको प्रत्येक वडा वडामा संक्रमित परिवारलाई यी सामाग्रीहरु वितरण गरिने घोषणा गर्नुभएको छ ।

उहाँको फेसबुक वालमा लेख्दै भन्नू भएको छ “यसै सिलसिलामा हरेक सचेत नागरिकको जिम्मेवारी यो हो कि अहिले कोरोना रोकथाम अभियानमा हामी बिरोध गरेर हैन, भ्रष्टाचार गरेर हैन कि मानवता र जिम्मेवारी सोचेर लाग्नु आवश्यक छ । कोरोनाको कहर संगै गतवर्ष देखि नै आफ्नो ज्यानलाई भन्दा जनताको ज्यानको सुरक्षाको लागि दिनरात लागीरहनुभएका हाम्रा श्रदेय आदरणीय नेता पुर्व सुचना तथा संचार मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय खेलकुद बिभाग प्रमुख मोहन बहादुर बस्नेत को महान कार्यबाट सिन्धुपाल्चोकका सहित देशै भरीका काँग्रेसजन मात्र नभै हरेकको प्रेरणाको श्रोत बनिरहेको अवस्थामा उहाँबाटै प्रेरित भै हाम्रो पनि यस अभियानमा नैतिक एवं भौतिक रुपमा समर्थन अनि सहयोग हुँदै आएको यहाँहरुमा अवगत गराउन चहान्छु । उहाँकै निर्देशनमा मेरो व्यक्तिगत तर्फबाट पनि यो विषम परिस्थितिमा सानो सहयोग स्वरुप बलेफी गाउँ पालिकामा स्थापित आइसोलेसनको लागि मास्क, सेनिटाईजर, खाद्यान्न र सुरक्षा निकायको लागि मास्क, सेनिटाइजर तथा पालिका भित्रका अति विपन्न वर्गको परिवारलाई खाद्यान्न केही दिनभित्रै सहयोग गर्ने घोषणा गर्दछु । यी सामाग्रीहरु व्यवस्था गरिरहेको पनि सबैमा जानकारी गराउन चहान्छु ।  हाललाई सम्पुर्णमा सुरक्षित र संयमित भै घरमै बसिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।”  साथै यस अभियानमा सहयोग गर्न इच्छुक सहयोगि मित्रहरुमा 9851031481 मा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछु ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार