तामाङ चलचित्र “तिङ्ला नाङ्सालको” पहिलो गित रिलिज

  सरु लामा तामाङ

काठमाडौं
तामाङ चलचित्र “तिङ्ला नाङ्साल” को पहिलो गित आज एक कार्यक्रम गर्दै रिलिज गरेका छन् । जोरपाटी स्थित म:म प्लाजामा आयोजित कार्यक्रममा “लानी न्हाङ्ला डाहुला दोङ” गितको भिडियो सार्वजनिक गरे । सार्वजनिक गरिएको भिडियोमा शुसन वाईबा र अनिता बम्जनको अभिनय देख्न सकिन्छ । गितको शब्द कृष्ण लामा, संगित निमा लामा तामाङ र शुभ तामाङको रहेको छ । जसको एरेन्ज बाबू गिरिले गरेका हुन् । चलचित्र पनि छिटै नै ल्याउने तयारी गरिरहेको निर्देशक निमा लामा तामाङले बताउनुभयो ।

एकपछि अर्को गर्दै तामाङ चलचित्रलाई दर्शक श्रोता माझ ल्याईरहेका लामाले पुनः अर्को चलचित्र ल्याउन लागेका हुन् । यस चलचित्रको निर्माण सानू बम्जन र मीन कुमार वाईबाले गरेका हुन् । जसमा अन्य कलाकारहरुमा शुसन वाईबा, अभिना गोले, कृष्मा वाईबा, बिनिता थिङ तामाङ, सोनु रुम्बा, सुङलाल वाईबा, कान्छामान वाईबा लगायतको अभिनय हेर्न सकिनेछन् ।

भिडियो:

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार