नमोबुद्ध, ५ कानपुरमा बृहत् ल्होछार कार्यक्रम हुने

  प्रीतम कुमार तामाङ

काठमाडौ
काभ्रे पलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गत वडा नं. ५ कानपुर कालापानि बजारमा सोनाम ल्होछारको उपलक्ष्यमा बृहत संस्कृतिक कार्यक्रम हुने भएको छ । मन्जुश्री संवत २८५७ औं लाङ ल्हो, सोनाम ल्होछारको उपलक्ष्यमा कानपुरमा मिति २०७७ साल फागुन ९ गते आईतवारका दिन बृहत संस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको आयोजक समितिका संयोजक सिंग बहादुर लामाले जानकारी दिएको छ ।

संयोजक लामाको अनुसार प्रत्येक बर्ष सोनाम ल्होछारको अवसरमा कार्यक्रम सम्पन्न गर्दै आएकोमा यस बर्ष पनि त्यसलाई निरन्तरता दिने कार्यक्रम रहेको हो । तामाङ समुदायको मौलिक पर्व, संस्कृतिक पर्व र राष्ट्रिय पर्वको रुपमा मान्दै आएको सोनाम ल्होछारमा कानपुमा हामिले प्रत्येक बर्ष स्थानीय लामा गुरु, बोन्बो, ताम्बा, डम्फुरे लगायतको प्रस्तुति सहितको विबिध सांस्कृतिक कार्यक्रम समेत गर्दै आएकोमा यस वर्षृ पनि ति सबै प्रस्तुतिहरुलाई निरन्तरता दिने बताएको छ ।

तामाङ कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्याले , प्रत्येक बर्ष २ दिन मनाउने ल्होछार यो बर्ष भने विबिध कारणले १ दिन मात्र मनाउने भएको छ, ९ गते बिहान देखि लामा ,झांक्रीहरूबाट पूजा पाठ गरी कार्यक्रम सुरूहुने छ। कार्यक्रममा हंस्या कलाकार राजु मास्टर९राजु पौडेल० र बल्छी धूर्बे ९मरिचमान श्रेष्ठ० उपस्थित हुनेछन् भने गायक तथा सङंगीतकार निमा दोङ, प्रयास दोङ, हावा लामा, गयिका तथा नायिका सुनिता लुङ्बा, गायक तथा र्यापर उत्तर संगुल संगै वाइ।एस।के ग्रूप र अन्य थुप्रै लोक दोहोरी गायक गायिका, स्थानिय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने छ। यस बर्ष ल्होछार कार्यक्रममा आफ्नो प्रस्तुतिका लागि नायिका एलिना रायमाझि पनि कानपुर जाने भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार