वास्तविक जीवन कहानीमा आधारित “म्हिला म्हाङ” को गित सार्वजनिक

  सरु लामा तामाङ

काठमाडौं
यमर सिङ ब्लोन र अस्मि घलानको तामाङ कथानक चलचित्रको गीत यतिबेला युट्युब मार्फत सार्वजानिक भएको छ ।

अस्मि घलानको वास्तविक जिवन कथामा आधारित तामाङ चलचित्र म्हिला म्हाङको गीत Click Nepal युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

पुर्णरुपमा तामाङ भाषामा रहेको गीतमा यमर सिङ ब्लोन र अस्मि घलानको उत्कृष्ट अभिनय देख्न सकिन्छ । दिनेश ब्लोनको शब्द रचना रहेक गीतको संगीत यमर सिङ ब्लोनलेनै गरेका हुन भने गीतमा गायक अमृत लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन ।

गीतको संगित संयोजन कृष्ण पुन मगरे गरेका हुन । चलचित्रको गीतको भिडियो केशब अधिकारिले छायांकन गरेका हुन । भिडियोमा बुद्ध लामा तितुङले नृत्य निर्देशन गरेका छन ।विश्वास भण्डारिको सम्पादन रहेको भिडियोको निर्देशन र श्रृङगार यमर सिङ ब्लोनलेनै गरेका हुन।

प्रतिभासाली निर्देशक, नायक , संगीतकार यमर सिङ ब्लोनको यस चलचित्रमा सबै भन्दा अब्बल भुमिका देखिन्छ । जीवन कथामा आधारित चलचित्र एकदमै मन छुने र मार्मिक रहेकोले सबैको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छन ।

यस चलचित्रमा कार्यकारि निर्माताको भुमिकामा भने शंख बहादुर तामाङ रहेका छन । चलचित्र बनाउदै गर्दा चलचित्रलाई उत्कृष्ट बनाउन कुनै पनि कस्रत बाँकि नराखेको निर्माण पक्ष बताउछन ।

धेरै मेहेनत र दुख गरेकै कारण चलचित्रले सबैको मन जित्ने विश्वास राख्दै चलचित्र म्हिला म्हाङ चाँडै प्रदर्सन हुने बताउछन ।

यस चलचित्र म्हिला म्हाङमा नायिका अस्मि घलानको जीवन कथा किन छ भने अम्मि घरलान एक मुटु रोगी हुन ।

मुटुको बिरामि अस्मिलाई डाक्टरले समेत अन्तिम मिति दिईसकेका छन । सानैमा रुखबाट लढेर गहिरो चोट भएका अस्मिले आफ्नो बुबा सानोमै गुमाए । आमाको भरमा बाँचेकि अस्मि अहिले एक्लै काठमाडौंको स्वयम्भू स्थित डेरामा मृत्यु संग संघर्ष गर्दै बाँचिरहेकि छिन ।

यस चलचित्रमा अस्मि घलान संगै उनको आफ्नै बहिनी सुस्मिता घलान पनि एक्सन नायिकाको रुपमा देखिने भएको छ । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार