काठमाडौं
गत सोमबारदेखि काठमाडौं उपत्यकाको मौसममा आएको बदलावसँगै यहाँको वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेसँगै खतराको घण्टीको अवस्था आएको हो । सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुगेको थियो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ। काठमाडौंमा बढ्दो सहरीकरण, पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनलगायतका कारण प्रदूषण नराम्री बढेको बताइएको छ ।
यसरी ह्वात्तै बढेको प्रदुषणका कारण जनजीवनमा नराम्रो असर पर्ने भन्दै विज्ञहरुले तुरुन्तै सरकारले ठोस कदम चाल्न समेत सुझाएका छन् । त्यस्तै उनिहरुले अतिआवश्यक काम बाहेक घर बाहिरा ननिस्कन समेत सुझाव दिएका छन् ।
सोमबमर र मंगलबार खतराको तह पार गरेको काठमाडौं उपत्यकाको वायु प्रदुषण बुधबार भने आधा घटेको छ । आज एयर क्वालिटी इन्डेक्स (एक्वुआई) १३१.८ मा झरेको वातावरण विभागले जनाएको छ । हिजो बिहानैदेखि घाम लागेको र हावाले बहन पाएका कारण पनि प्रदुषण घटेको बिभागले जनाएको छ ।
प्रदुषण घटेसंगै उपत्यकाको तापक्रम हिजो ६.१ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै भोलिदेखि काठमाडौं उपत्यकामा चिसो बढ्ने बताईएको छ ।